एनआरएनएको चुनाव गराउने जिम्मा घिमिरे नेतृत्वको समितिलाई
काठमाडौँ- सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त छन्। घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुन्। बेलायतमा बसोबास गर्ने घले हाल पोखरामा व्यवसाय सञ्चालन गरिरहेका छन्। अधिवक्ता आशिष उप्रेती युवा कानुन व्यवसायी हुन्। ‘लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली सङ्घलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग…