आज मितिः २०८२ माघ १८ गते

कतारमा सुनचाँदी पसल ठगी: ५ लाखभन्दा बढी कतारी रियाल लिएर दुई नेपाली फरार

काठमाण्डौ-

कतारको गोल्ड सुक क्षेत्रमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल सञ्चालन गर्दै आएका दुई नेपाली व्यवसायीबाट करिब ५० जना नेपाली श्रमिक ठगिएका छन ।

 

 

ठगिने पीडितहरूका अनुसार गहना बनाइदिने भन्दै अग्रिम रकम लिएर गहना नदिई पसल सञ्चालक सम्पर्कविहीन भएका हुन। ठगीको रकम पाँच लाखभन्दा बढी कतारी रियाल रहेको बताइएको छ ।

 

उनीहरूले गहना अर्डर धेरै भएकाले समय लाग्ने भन्दै लामो समयसम्म आलटाल गर्दै आएको पीडितहरूको भनाइ छ । पछि पसल नै बन्द भएपछि आफूहरू ठगिएको थाहा पाएको उनीहरूले बताएका छन् ।

 

उनीहरूले ठगिएको थाहा पाए लगत्तै कतारस्थित सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता गराइएको पीडित गोविन्द खड्काले जानकारी दिए । उजुरीअनुसार फरार भएका पसल सञ्चालक रौतहट जिल्ला जिंगडवा–९ निवासी मो। मोजाज आलम र मोहम्मद रैन रहेका छन् । दुवै जनाले करिब सात वर्षदेखि साझेदारीमा व्यवसाय सञ्चालन गर्दै आएको पीडितहरूले बताएका छन् । हाल कतार प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

 

गैरआवासीय नेपाली संघ (एनआरएनए )कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार पीडितहरू संघको सम्पर्कमा आएका छन् । संघले नेपाली दूतावास कतार तथा कतारका सम्बन्धित ठगी तथा अपराधसम्बन्धी निकायसँग समन्वय गर्दै सहजीकरण गरिरहेको जनाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.