घरेलु कामदारमा कुवेतमा पुगेका महिलाहरुको बिचल्ली, उद्धारको लागि अपिल
काठमाडौं- कुवेतमा घरेलु कामदारका रूपमा गएकी एक महिला बिचल्लीमा परेकी छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दरनगरकी लक्ष्मीकुमारी दमाईले आफूलाई एजेन्टले कुवेत ल्याएर बिक्री गरेको भन्दै उद्धारको अपिल गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूलाई कुवेतको चालिया भन्ने ठाउँमा ओमबहादुर नाम गरेका एजेन्टले ल्याएर बिक्री गरेको बताएकी छन् । आफू बिरामी भएको र नेपाल फर्काउन आग्रह गर्दा एजेन्टले नसुनेको उनले बताएकी छन् । ‘घर मालिकलाई घर पठाइदेऊ, म यहाँ काम गर्न सक्दिनँ भन्दा मैले तिमीलाई किनेर ल्याएको र पैसा दिए मात्र घर पठाउँछु भन्ने जवाफ दिइयो,’ उनले भनिन् । मोरङकी एक महिलालाई पनि एजेन्टले कुवेत पु¥याएर…