काठमाण्डौं-
यूएईमा आएको बाढीमा परेर एक नेपालीको मृत्यु भएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार चितवन भरतपुर महानगरपालिकाका मोहन पुनको बाढीमा परेर मृत्यु भएको हो । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी दिन नसकिएको दूतावासको भनाइ छ । मृतक पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।
यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्दथे ।