आज मितिः २०८३ बैशाख ९ गते

क्यान्सर पीडितलाई १.३ अर्ब डलरको चिट्ठा

Uddar News

बीबीसी-
अमेरिकामा एक प्रवासीले देशको इतिहासमै चौथो सर्वाधिक रकमको चिट्ठा जितेका छन्। लाओस मूलका चेङ सैफानले १.३ अर्ब अमेरिकी डलर रकमको ‘पावर बल लट्री’ जितेका हुन्।

उनले चिट्ठा किनेपछि कैयौँ रात उक्त रसिदलाई सिरानमुनि राखेर सुतेका थिए। अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्डमा बस्दै आएका सैफान भन्छन्, ‘मैले भगवानसँग मद्दतका लागि प्रार्थना गरेको थिएँ। मेरा सन्तान सानै छन्, म धेरै कमजोर छु र स्वास्थ्य पनि ठिक छैन।’

उनले ७ अप्रिलमा प्रकाशित चिट्ठाको नतिजा हेरे र आफ्नो रसिदमा भएको नम्बरलाई मिलाए। उनलाई गत सोमबार चिट्ठाबापतको रकम दिइएको छ।

उनले आफ्नी पत्नी र एक साथीको नामबाट चिट्ठाका २० भन्दा बढी टिकट लिएका थिए। तिनै टिकटमध्ये एउटा नम्बर भाग्यशाली बन्न पुग्यो। त्यसैले उनले कुल रकमको २० प्रतिशत पत्नीलाई र ५० प्रतिशत साथीलाई दिने निधो गरेका छन्।

सैफान क्यान्सर पीडित हुन्। उनी विगत ८ वर्षदेखि किमोथेरापी गराउँदै आएका छन्। आफूले राख्ने २५ प्रतिशत रकमबाट उनी एउटा घर किन्ने र आफ्नो स्वास्थ्योपचार गर्ने योजनामा छन्। उनले पत्रकारहरूसँग भने, ‘मसँग यतिका पैसा खर्च गर्न कति समय छ भन्ने मलाई थाहा छैन। कहिलेसम्म बाँच्छु भन्ने पनि थाहा छैन।’

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.