आज मितिः २०८३ बैशाख ९ गते

पोर्चुगलको समुद्रमा एक नेपाली युवाको शव

काठमाण्डौ –

पोर्चुगलको समुद्रमा दुई हप्तादेखि बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो ।

तामाङको शव पोर्चुगलको राजधानी लिस्बनको तेरेइरो डो पासोको फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवम् नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए ।

गएको अप्रिल ६ तारिखमा सामुद्रिक खाना खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धनबहादुर तामाङको डुबेर ज्यान गएको थियो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.