आज मितिः २०८३ बैशाख ९ गते

चितवन समाज यूएईको अध्यक्षमा पुन: विजय अधिकारी

सोमबार, चैत १९,
दुबई-

चितवन समाज यूएईको वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनमा पुन: विजय अधिकारी निर्विरोध चयन भएका छन् । बरदुबईको पिन्की रेष्टुरेण्टमा आईतबार सम्पन्न अधिवेशनमा अधिकारी सन् २०२४–२६ का लागि पुन अध्यक्षमा चयन भएका हुन् ।

निबर्तमान कोषाध्यक्ष दीपक कुमार शिवाकोटीले संञ्चालन गरेका कार्यक्रमको अध्यक्षतामा संस्थाका निवर्तमान अध्यक्ष विजय अधिकारी, प्रमुख अतिथि नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याल, विशिष्ट अतिथि नेपाली समाज यूएईका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार गोविन्द ढकाल, अतिथिहरुमा राम मोक्तान, गोपाल पराजुली, आशिष पुरुष, गणेश न्यौपाने, अनिल चौधरी, नवराज पाण्डे, रामचन्द्र बस्याल, अस्मिता भूषाल, विन्दू गिरी तथा विशेष अतिथिमा पत्रकार तथा फोटेग्राफर लालबहादुर ढेंगा रहेका थिए ।

निर्वाचन समिति संयोजक रामचन्द्र बस्यालले निर्विरोध चयन गरिएको चितवन समाज यूएई को २०२४ –२६ को कार्य समितिको घोषणा गरेका थिए । तथा प्रमुख अतिथिबाट प्रमाणपत्र एवं खादा वितरण गरेका थिए ।

नव गठित कार्यसमिति २०२४–२६ का लागि अध्यक्षमा विजय अधिकारी , उपाध्यक्षमा सलिम मिया, विन्दू गिरी, कमला बसेल,
महासचिवमा दीपक कुमार शिवाकोटी, सचिवमा ज्यो. पं. सम्पतकुमार न्यौपाने, सहसचिवमा सुरज रुम्वा तमाङ्ग, कोषाध्यक्षमा शंकर पाठक
सहकोषाध्यक्षमा शोभा कडरिया चयन भएका छन् ।

सदस्यहरुमा भूमिराज कँडेल, शिव सुवेदी, गोमा कँडेल, कौशिला पाण्डे, सरस्वती पाठक, विष्णु सुवेदी, दीपा सुवेदी, लक्ष्मी खड्का, शान्ताकुमारी मल्ल रहेका छन् ।

त्यस्तै नव गठित कार्यसमितिको बैठकले संस्थाको संरक्षकमा गणेश न्यौपाने, वरिष्ठ सल्लाहकारमा गोविन्द ढकाल, सल्लाहकारहरुमा नवराज पाण्डे, रामचन्द्र बस्याल, सुनिल पौडेल, रमेश ढकाल र जगत क्षेत्रीलाई चयन गरेको छ ।
साथै बैठकले प्रवक्तामा मुनराज तमाङ्गलाई चयन गरेको छ ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.