चितवनका वीरलाल तामाङ आबुधाबीमा सम्पर्कविहीन
चितवन - वैदेशिक रोजगारका लागि आबुधाबी पुगेका चितवन भरतपुर–१५, रामपुरका वीरलाल तामाङ सम्पर्कविहीन भएका छन्, उनलाई सम्पर्कमा आइदिन आग्रह गरिएको छ । ४२ वर्षीय तामाङ घर आउने तयारीमा थिए । कम्पनीबाट बिदा लिएर घर आउने क्रममा भाइ ३६ दिनदेखि सम्पर्कबाहिर रहेको उनका दाइ दिलबहादुरले बताए । भाइको खोजीका लागि वीरलालले काम गरेको कम्पनी र दूतावासलाई समेत पत्राचार गरिसकिएको उनले बताए । २०८० को कात्तिक अन्तिममा बिदामा घर आएर फागुनमा फर्किएका वीरलाल घरमा श्रीमती बिरामी भएपछि भरतपुरको सप्तगण्डकी अस्पतालबाट बिरामीको रिपोर्ट वीरलाल कार्यरत कम्पनीमा पठाएपछि कम्पनीले बिदा दिएको थियो । गत जुलाई ४ तारिख ३ बजे लडेर घाइते भएका वीरलाललाई…