हरि आचार्य/ भरतपुर-
चितवनको भरतपुरमा टिकट प्लानेट ट्राभल एण्ड टुर प्रालिले आफ्नो सेवा शुभारम्भ गरेको छ । ट्राभल एण्ड टुरमा लामो समय काम गरेका अनुभवी युवा व्यवसायी प्राञ्जल अधिकारीले आपफ्नो २५ औँ बसन्त पार गरेको उपलक्ष्यमा टिकट प्लानेट ट्राभल एण्ड टुर प्रालिको उद्धघाटन गराएका हुन् ।
भरतपुर १० को वीरेन्द्रक्याम्पस रोड स्थित दिपेन्द्रचोकमा टिकट प्लानेट ट्राभलको वडा अध्यक्ष परमश्वर खनाल र उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्धघाटन गरेका थिए । आफ्नै गाँउ घरमा सहज रुपमा अन्र्तराष्ट्रिय टुर प्याकेज र जुनसुकै देशको सहज रुपमा हवाई टिकट सेवा उपलब्ध गराउन टिकट प्लानेट ट्राभलको शुभारम्भ गरेका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।
वार्षिक ८ करोड रुपैयाँ बरारको आर्थिक कारोबार गर्ने लक्ष्य टिकट प्लानेट लिएको उनले बताए । टिकट प्लानेटमा विभिन्न मुलुकमा यात्रा गर्न सुपथ मूल्यमा टिकट प्रदान गर्ने, टेलर ट्राभल प्याकेज, भिसा प्रोसेसिङ, ट्राभल इन्स्योरेन्स, आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउने उनले बताए ।