आज मितिः २०८३ बैशाख १४ गते

रसायन बोकेको ट्रकले ठक्कर दिँदा पाँचको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भने, “लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ । घटनामा धेरै घाइते भएका छन् । यो एक गम्भीर दुर्घटना हो ।” आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो ।

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताए।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.