सौराहामा भोलिदेखि वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
चितवन - चितवनको पर्यटकीय नगरी सौराहामा भोलि वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह सुरु हुँदैछ। 'बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी' भन्ने नारासहित संरक्षण र पर्यटनसंग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा एक हप्तासम्म विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउन लागिएको हो। रत्ननगरको बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी वन्यजन्तु सप्ताहअन्तर्गत एक हप्तासम्म गर्ने कार्यक्रमबारे जानकारी दिएको छ। पत्रकार सम्मेलनमा निकुञ्जसहित संरक्षण र पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख १ गते उद्घाटन, २ गते टिकौली हाइवे वरपर सरसफाइ, ३ गते चरा…