आज मितिः २०८३ बैशाख ५ गते

वैशाख ४ देखि दोश्रो राप्ती गोल्डकप : तयारी अन्तिम चरणमा

राजन दिल गुरुङ ,२७ चैत,भण्डारा ।

राप्ती नगरपालिका वडा नं ६ भण्डारा स्थित सशस्त्र प्रहरी वल नं ३ बाहिनीको रंगशालामा आगामी वैशाख ४ गतेदेखि १३ गतेसम्म दोस्रो राप्ती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

हर्दी युवा समाजको आयोजनामा हुने गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको बुधबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष शम्भु सुनारले जानकारी दिए । दोस्रो राप्ती गोल्डकपमा १० वटा चर्चित क्लबले सहभागिता जनाउनेछ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का वडाध्यक्ष जलु महतोले तेस्रो राप्ती गोल्डकपको लागि खेलमैदान आफ्नै हुने प्रतिबद्धता व्यक्त गरे । खेलकुदले नगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने भन्दै स्थानीय सरकारले सहयोग गर्ने बताए । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले संघ र व्यक्तिगत तवरमा पूर्णरुपले दोस्रो राप्ती गोल्डकपको लागि सहयोग गर्ने बताए ।

प्रतियोगिताको विजेता टिमले रु २,६६,६६६ उपविजेताले रु १,३३,३३३ रुपैयाँ प्राप्त गर्नेछन् । विधागत पुरस्कारमा रु ५ हजार र खेल अवधिभरमा उत्कृष्ट खेलाडीलाई रु ६,००० प्रदान गरिने अध्यक्ष सुनारले जानकारी दिए । दर्शकको लागि खेल हेर्न रु ५० को टिकट लाग्नेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.