कलेजो रोग पीडित अधिकारीको उपचारमा आर्थिक सहयोगको अपील
चितवन- कलेजो रोगबाट पीडित विनोद अधिकारीको उपचार गर्दा घरघडेरी गम्यो । मासु पसल सञ्चालन गरेर परिवार पाल्दै आएका रत्ननगर वडा नं १० घेघौली निवासी ३९ बर्षीय अधिकारीको अहिले सम्म उपचार गर्दा करिब २१ लाख सकियो । १० धुरमा बनेको एकतले पक्की घर बेचर उनले उपचार गर्दा लागेको ऋण तिरे । चितवन मेडिकल कलेज, काठमाडौंको नर्भिक अस्पताल र नेशनल मेडिसीटी अस्पतालमा उनले उपचार गरे । २१ लाख खर्च गरेर उपचार गर्दा पनि रोग निको भएन । पछिल्लो ६ महिना अघि नेशनल मेडिसीटी अस्पतालमा रोग पहिचान भयो । कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरुले सुझाए । सम्पती भनेको घरघडेरी मात्र थियो ।…