आज मितिः २०८३ बैशाख २० गते

त्रिशूली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

त्रिशूली-

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा आज साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्।

विद्यालयबाट फर्केपछि साँझ ६ बजेतिर नुहाउन गएका सोही स्थानका ११ वर्षीया बालिकाहरु जेनी डङ्गोल र सदीक्षा राई नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

उहाँका अनुसार नदी किनारमा नुहाउने क्रममा सुरुमा एउटा बालिका डुबेपछि उनलाई बचाउने क्रममा दुवै जनालाई बगाएको सँगै नुहाउन गएका उनीहरुका साथीहरुले बताएका छन्। बगाएको सूचना पाएलगत्तै खोजी थाले पनि उनीहरुको अवस्था आज राति १० बजेसम्म पत्ता लाग्न नसकेको बेलकोटगढी–७ का वडाध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिए।

स्थानीयवासीको साथमा सुरक्षाकर्मी (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) मार्फत उनीहरुको खोजी भइरहेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.