आज मितिः २०८३ बैशाख २१ गते

समाचार

बेलायत लैजान्छु भन्दै बेस्ट ब्रेनको ठगी धन्दा, पीडितले गरेको पत्रकार सम्मेलनमा पत्रकारमाथि हातपात

बेलायत लैजान्छु भन्दै बेस्ट ब्रेनको ठगी धन्दा, पीडितले गरेको पत्रकार सम्मेलनमा पत्रकारमाथि हातपात

चितवन- वैदेशिक रोजगारीका लागि जाने क्रममा चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले ठगी गरेको भन्दै पीडितले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडक पक्षले पत्रकारहरु माथि हातपात गरेका छन् । समाचार संकलन गर्न पुगेका पत्रकारहरु माथि पत्रकार सम्मेलनकै क्रममा हल भित्र प्रवेश गरेर पीडक पक्षका व्यक्तिहरुले हातपात गरेका हुन् । बेलायत लैजान्छु भनि नलगेपछि पैसा फिर्ता माग्दा नदिएकोमा न्याय पाउँ भनि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा समेत सुनुवाई नभएको भन्दै पीडितहरु भरतपुर–४ निवासी अञ्जु कँडेल र शान्ति कँडेलले पत्रकार सम्मेलन गरेका थिए । आफ्ना कुरा राख्दै गर्दा पीडक भनिएका भरतपुर महानगरपालिका–४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर–४ बस्ने…
Read More
चितवनको यातायात व्यवस्था कार्यालय र ड्राईभिङ सेन्टरमा अख्तियारको छापा

चितवनको यातायात व्यवस्था कार्यालय र ड्राईभिङ सेन्टरमा अख्तियारको छापा

चितवन- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर र महालक्ष्मी ड्राईभिङ सेन्टरमा छापा मारेको छ । अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयका सहायक (पाँचौं)ईन्द्रजित गुरुङको कार्यकक्षबाट एक लाख पचासी हजार रुपैयाँ नगदसहित निज ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठक समेतलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ । यातायात कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरु र विभिन्न ड्राइभिइ सेन्टरका संचालकहरुको बिद्युतिय उपकरण मोबाइल थान–३१ भन्दा बढी, ल्याप्टप थान–२ र अन्य कागजातहरुसमेत नियन्त्रणमा लिइएको हो। यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय प्रमुख एवं कर्मचारीहरु र महालक्ष्मी ड्राईभिङ सेन्टर, गुरुङ ड्राईभिङ सेन्टर र कुमार ड्राईभिङ सेन्टर लगायतको मिलेमतोमा…
Read More
आज विभिन्न स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज विभिन्न स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णालीका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकीका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षासमेत भैरहेको छ । आज दिउँसो कोशी र मधेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकीका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।…
Read More
आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।   त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा…
Read More
विमान दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु 

विमान दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु 

काठमाडौं( भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु भएको छ।   गुजरात राज्यको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै उडान भर्ने क्रममा एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा कम्तिमा २९० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।   अहमदावादबाट लन्डन जाँदै गरेको उक्त विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो।
Read More
अबको एक हप्ता भित्र देशभर मनसुन सक्रिय हुने

अबको एक हप्ता भित्र देशभर मनसुन सक्रिय हुने

२९ जेठ, चितवन जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । ‘हरेक प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ । अब छिट्टै एक हप्ताभित्र नै नेपालमा मनसुन सक्रिय हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, केहि दिन सवै प्रदेशमा हल्कादेखि भारी बर्षाको सम्भावना देखिएको उनले बताइन् । यसवर्ष १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको थियो । हामीले बुधबार बिहीबारबाट…
Read More
समाचार डिलिट गर्ने आदेश प्रेस स्वतन्त्रता विरोधी– प्रेस युनियन

समाचार डिलिट गर्ने आदेश प्रेस स्वतन्त्रता विरोधी– प्रेस युनियन

काठमाडौं- समाचार प्रकाशित गरेको आधारमा अनलाइनबाट समाचार डिलिट गर्न अदालतले दिएको आदेश प्रेस स्वतन्त्रता विरोधी भएको प्रेस युनियनले जनाएको छ ।   डिलिट गर्न आदेशसँगै पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गरेको विषयमा नेपाल प्रेस युनियनले आपत्ति जनाएको हो ।   जिल्ला अदालत काठमाडौंले पछिल्लो पटक विजमाण्डु डटकम, नेपालखबर डटकममा प्रकाशित समाचार डिलिट गर्न अन्तरिम आदेश दिएको र त्इग्न्ज् तबपि मा समाचार प्रकाशित गरेको आधारमा पत्रकार दिलभूषण पाठकलाई प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको विषय प्रेस स्वतन्त्रता विरोधी भएको युनियनले जनाएको छ । नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस युनियन स्वतन्त्र न्यायालयको पक्षमा रहेको स्मरण…
Read More
करोड तिरे तल्लो बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए, दुबईमा दलाल मोटाए

करोड तिरे तल्लो बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए, दुबईमा दलाल मोटाए

काठमाण्डौ - दुबईमा ६ महिना बसे एक करोडसम्म तिरेर अवैध बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए नेपालीहरु । अवैध बाटो हुँदै अमेरिका पुगेका ३५ जना नेपाली र अन्य २ जना नेपालीले काँधमा सेतो बोरा बोकेर विमान अगाडि लस्करै उभिएको फोटोले डीपोर्ट वा निष्कासन भएर आउनेहरूका नियति बोलिरहेको थियो। बोरा बोकेर विमानस्थल परिसरमा हिँड्दै गरेको दृश्यले उनीहरूको अवस्था, दुःख र छटपटी भल्काइरहेको थियो।   हुन त अमेरिकाले एकैपटक ठूलो संख्यामा नेपालीहरू डीपोर्ट गर्देछ भन्ने सूचना केही दिन अघिबाट नै बाहिरिएको थियो। आइतबार साढे ४ बजे नै उनीहरूलाई लिएर आएको जहाज काठमाडौं ल्यान्ड हुने भनिए पनि रातको ९ बजेपछि मात्रै विमान आएको…
Read More
मनसुन लागेसँगै देशै भरि फैलियो डेंगु सङ्क्रमण 

मनसुन लागेसँगै देशै भरि फैलियो डेंगु सङ्क्रमण 

काठमाडौं- मनसुन लागेसँगै डेंगु सङ्क्रमण देखिन थालेको छ। जुनदेखि अगस्टसम्म वा असार–भदौ सम्मलाई डेंगु सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ।   इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ।   सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ। काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन्।   ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगुलाई शून्यमा नै ल्याउने र डेंगु…
Read More
गोरखाका स्मरण ढकालको मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग हस्तान्तरण

गोरखाका स्मरण ढकालको मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग हस्तान्तरण

गोरखा- गोरखाको भिमसेनथापा गाउँपालिका-५ बगुवा निवासी १० बर्षीय स्मरण ढकालको दुबै मिर्गौलामा समस्या देखिएको छ । डाक्टरका अनुसार दुबै मिर्गौलाले काम गर्दैन त्यसैले मिर्गौला प्रत्यारोपणको लागि अहिले आर्थिक सहयोग जुटि रहेको छ । उनको कान्ति बाल अस्पताल काठमाडौंमा निरन्तर उपचार भइरहेको उनका बुबा शंकर ढकालले जानकारी दिनु भयो । जटिल रोग र महंगो उपचार पद्धतिले गर्दा चर्को आर्थिक भार परेकाले सहयोगको याचना गरिएको छ। सबैले आर्थिक मानवीय सहयोग गरिदिनुहुन तथा सम्भावित सहयोगमा समन्वय र पहल गरिदिनुहुन उनले अनुरोध गरेका छन्। युवा समाजसेवी रामचन्द्र पोखरेल मार्फत दैनिक राम्रो आर्थिक संकलन भई रहेको छ भने यता संघसंस्था र विदेशबाट पनि सहयोग प्राप्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.