आज मितिः २०८२ चैत्र २० गते

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन

काठमाडौँ –

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका मेयर तथा पार्टीबाट आगामी प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।

 

केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

 

रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको थियो ।

 

पुस १३ मा रास्वपा र बालेन्द्र शाहबीच एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.