आज मितिः २०८२ चैत्र २० गते

एनआरएनए–अमेरिकाको अध्यक्ष शाह र उप्रेती विवाद 

काठमाण्डौ –

एनआरएनएको अध्यक्ष बद्री केसी र महेश श्रेष्ठ नेतृत्वमा दुइटा एनआरएनएवीच एकता भए पनि विभिन्न मुलुकमा दुई नै छन्।

 

उनीहरूको मंसिरमा एकता भए पनि सबै देशको कार्यसमिति ुमर्जु भइसकेको छैन।

यसै क्रममा अमेरिका एनआरएनए विवाद उत्पन्न भएको छ ।

एउटाको निम्तोमा अमेरिका जान लागेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अर्कोले ुनिम्तो नगरेकोु भन्दै विज्ञप्ति निकालेपछि विवाद उत्पन्न भएको हो।

 

विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए–अमेरिकाको निमन्त्रणामा मन्त्री गुप्ता आगामी माघ ३ गते अमेरिका जाने तयारीमा छन्।

 

तर अर्को एनआरएनए–अमेरिकाको नामबाट मन्त्री गुप्तालाई अमेरिका बोलाउने कुनै कार्यक्रम नरहेको भनेर बिहीबार विज्ञप्ति आएपछि यो विषय थप विवादित बनेको हो।

 

मन्त्री गुप्तालाई अमेरिका बोलाउने र उनलाई बोलाइएको छैन भनेर विज्ञप्ति निकाल्ने एनआरएनए–अमेरिका फरक फरक हुन्।

 

 

 

मन्त्री गुप्तालाई निम्तो दिने विकास उप्रेती नेतृत्वको हो ।

 

 

 

 

एनआरएनए–अमेरिकाको एउटा समूहको अध्यक्षमा सतेन्द्र शाह र अर्को समूहका अध्यक्ष विकास उप्रेती छन्।

 

उप्रेती बद्री केसी र शाह महेश श्रेष्ठ पक्षका एनआरएनए अमेरिकाका अध्यक्ष हुन्।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.