आज मितिः २०८३ कार्तिक १३ गते

समाचार

रत्ननगर–१२ मा शुभकामना आदानप्रदान, वृत्तचित्र प्रसारण र बाल क्लबलाई खेलकुद सामग्री वितरण

रत्ननगर–१२ मा शुभकामना आदानप्रदान, वृत्तचित्र प्रसारण र बाल क्लबलाई खेलकुद सामग्री वितरण

रामु आचार्य।रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ को आयोजनामा विजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल संवत्‌को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडाले पछिल्लो साढे चार वर्षमा गरेका विकास निर्माण तथा अन्य गतिविधि समेटिएको वृत्तचित्र प्रसारण गर्नुका साथै बाल क्लब तथा विद्यालयलाई खेलकुद सामग्री वितरण र वडाको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। हेल्प सोसाइटी, जमुनापुरमा आयोजित कार्यक्रममा रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले अध्यक्षता गर्नुभएको थियो। फरक क्षमता भएका तथा सामाजिक कार्य र शिक्षाको क्षेत्रमा सक्रिय स्थानीय बासिन्दा रुद्रप्रसाद पन्त प्रमुख अतिथि रहनुभएको कार्यक्रममा साविक वडा नम्बर ११ का संस्थापक वडाध्यक्ष तथा रत्ननगर–१२ का निवर्तमान…
Read More
ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

काभ्रे- काभ्रेपलाञ्चोक अरनिको राजमार्गमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ।दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन्। शनिबार बिहान करिब ५स्३० बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।दुर्घटनामा मोटरसाइकल चालक खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले बिहान ६ बजे बालक जुवासलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न ग्यास बुलेट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। ग्यास…
Read More
आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ - आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।दोस्रो दिन सोमबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन हिजो स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो…
Read More
काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा दशैं मनाउयात्रुहरुको भीड

काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा दशैं मनाउयात्रुहरुको भीड

काठमाडौं- दसैं सुरु भएसँगै गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ। काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ। कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छछन् ।
Read More
गायिका रीता थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

गायिका रीता थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ- लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनले २ हजार ३०८ मत ल्याउँदै खुला महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । कांग्रेसको केन्द्रीय सदस्यमा विजय भएपछि सामाजिक सञ्जालमा खुसी सेयर गर्दै साथ र सहयोग गर्नेहरूप्रति उनले आभार व्यक्त गरेकी छन् ।
Read More
आज कुष्माण्डा देवीको पूजाआराधना गरिंदै

आज कुष्माण्डा देवीको पूजाआराधना गरिंदै

काठमाडौं- नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ। नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो।दोस्रो दिन पूजास्थलमा दोस्री ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो। चौथो दिन आज कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदैछ। नवदुर्गामध्येकी चौथी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो। कुष्माण्डाले…
Read More
आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

काठमाडौं- नेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ। ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ। सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ। ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ। साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन्। ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ। तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ।…
Read More
वडा अध्यक्ष मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते मुद्दा दायर

वडा अध्यक्ष मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते मुद्दा दायर

काठमाडौं- काठमाडौंको वडा नम्बर १३ का अध्यक्ष धुव्रनारायण मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते मुद्दा दायर भएको छ। काठमाडौंको ताहाचलस्थित एक रोपनी जग्गा धनीलाई थाहा नै नदिई बिक्री गरेको घटनामा सिआइबीले सरकारी वकिल कार्यालयमार्फत उनीलगायत १६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । सुमित अडुकियाको जग्गा किर्ते कागजपत्रका आधारमा दीपककुमार अग्रवाललाई नौ करोड ८० लाखमा बिक्री भएको थियो। यसमा वडा र मालपोत कार्यालयले सघाएको खुलेपछि सिआइबीले वडाध्यक्ष मानन्धरलाई समेत पक्राउ गरेको थियो। उनलाई हाजिरी जमानीमा राखेर छाडिएकामा शुक्रबार मुद्दा दायर भएको हो। वडाका अधिकृत पदमबहादुर थापालाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको छ। सुमित अडुकिया भने अमेरिका बस्छन् ।
Read More
पञ्चकन्या सामुदायिक वनको २२औँ साधारण सभा: पर्यटन प्रवर्द्धनमा जोड

पञ्चकन्या सामुदायिक वनको २२औँ साधारण सभा: पर्यटन प्रवर्द्धनमा जोड

रत्ननगर - पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको २२औँ वार्षिक साधारण सभा चितवनको रत्ननगर नगरपालिका–११ स्थित मणिखोला पार्कमा सम्पन्न भएको छ। सभाले वन संरक्षण, पर्यटन प्रवर्द्धन, फोहोर व्यवस्थापन तथा स्थानीय विकासका विषयलाई प्राथमिकतामा राखेको छ। कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले पञ्चकन्या सामुदायिक वन क्षेत्रमा रहेका तालहरूको संरक्षण र सदुपयोग गर्न सके रत्ननगरको समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकास गर्दै होमस्टेको अवधारणा अघि बढाउन सकिने धारणा राख्नुभयो। साथै, फोहोर व्यवस्थापनमा सबै एकजुट हुनुपर्नेमा जोड दिँदै भूमिहीन सुकुम्बासीको समस्या समाधानमा अधिकांश स्थानमा वन र सिंचाईको जग्गा देखिएको हुँदा समस्या समाधानमा पहल गर्न डिभिजन वन…
Read More
जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु, एक गम्भीर घाइते

जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौ- धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५, रहिमपथ नजिकै चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार २०८३ असोज २२ गते साँझ करिब ७स्१० बजे जनकपुरधाम–५ सोनारपट्टी, दाहा चोक बस्ने करिब २४ वर्षीय आमिन साफी र २५ वर्षीय ईम्तियाज राइनलाई सोही स्थानका करिब २२ वर्षीय मोहम्मद ईर्साद खानले पुरानो रिसइवीका कारण छाती तथा पेटमा धारिलो हतियार प्रहार गरेका थिए। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाएको थियो। अस्पतालमा साँझ ७स्१५ बजे चिकित्सकले जाँच गर्दा आमिन साफीको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ। उसको शव…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.