आज मितिः २०८३ आश्विन २६ गते

वडा अध्यक्ष मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते मुद्दा दायर

काठमाडौं-

काठमाडौंको वडा नम्बर १३ का अध्यक्ष धुव्रनारायण मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते मुद्दा दायर भएको छ।

काठमाडौंको ताहाचलस्थित एक रोपनी जग्गा धनीलाई थाहा नै नदिई बिक्री गरेको घटनामा सिआइबीले सरकारी वकिल कार्यालयमार्फत उनीलगायत १६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सुमित अडुकियाको जग्गा किर्ते कागजपत्रका आधारमा दीपककुमार अग्रवाललाई नौ करोड ८० लाखमा बिक्री भएको थियो। यसमा वडा र मालपोत कार्यालयले सघाएको खुलेपछि सिआइबीले वडाध्यक्ष मानन्धरलाई समेत पक्राउ गरेको थियो।

उनलाई हाजिरी जमानीमा राखेर छाडिएकामा शुक्रबार मुद्दा दायर भएको हो। वडाका अधिकृत पदमबहादुर थापालाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको छ।

सुमित अडुकिया भने अमेरिका बस्छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.