आज मितिः २०८३ कार्तिक १ गते

ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

काभ्रे-

काभ्रेपलाञ्चोक अरनिको राजमार्गमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ।दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन्।

शनिबार बिहान करिब ५स्३० बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।दुर्घटनामा मोटरसाइकल चालक खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए।

घाइते तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले बिहान ६ बजे बालक जुवासलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न ग्यास बुलेट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई पनि नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.