राप्ती नगरपालिकामा जनतासंग मेयर कार्यक्रमको रकम पत्रकार शिर्षकमा खर्च
चितवन- चितवनको राप्ती नगरपालिकामा जनतासंग मेयर कार्यक्रममा समेत महालेखाले प्रश्न उठाएको छ । शीर्षक नै फरक पारेर रकम भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जनतासंग मेयर कार्यक्रमका लागि पालिकाले ३ वटा मिडियासंग दररेट लिई विशाल न्यूजसंग ४ लाख ९४ हजार रुपैयाँमा कार्यक्रमको सम्झौता गरेको छ । सेवा र परामर्श खर्च पत्रकारसंगको कार्यक्रम शिर्षकबाट सो रकम खर्च गरिएको छ । जनतासंग मेयर कार्यक्रम भनि यसरी भुक्तानी गर्न नपाइने बताइएको छ । कार्यक्रमको प्रस्तावना तथा सम्झौता अनुसार सम्पादित कार्यक्रमको अडियो, भिडियो स्थानिय मिडियाबाट ३५ देखि ५५ मिनेटको कार्यक्रम प्रशारण र छापाखानाबाट प्रकाशन र प्रसारण गरिने भनिएकोमा कार्यक्रम प्रकाशन तथा प्रशारण सम्बन्धमा…