आज मितिः २०८३ बैशाख ६ गते

बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

काठमाण्डौं-

 

पाल्पामा बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप जीतगढी झर्ने ओरालोमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

 

घटनामा स्याङ्जा पुलतीबजार घर भइ बुटवल–१० बस्ने जीप चालक रामप्रसाद शर्मा, तिलोत्तमा–३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा–३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए।

 

घटनामा बुटवल–९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल–११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गएराति ९ बजे आफूहरुलाई घटनाको खबर आएपछि उद्दारमा गएको डिएसपी पण्डितले बताए। जिप ओरोलो घुम्ती सडकमा दुर्घटना भएको हो।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.