आज मितिः २०८३ बैशाख ६ गते

मध्य र पश्चिम तराईमा अझै तीन दिन तातो लहर चल्ने

काठमाडौं-

जल तथा मौसम पूर्वानुमान महाशाखाले अझ्रै तीन दिन देशका मध्य तथा पश्चिम तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ । यस भू(भागमा तातो हावा र तातो लहरको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ।

तातो लहरको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने लक्षण देखिन्छन्।

यस समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ९घाममा बढी नहिँड्ने०, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ९पटकपटक० पानी तथा झोल पदार्थ ९जुस, सर्वत, आदि० प्रशस्त मात्रामा पिउनुपर्छ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.