युएई ,कम्बोडिया,मौरिसस, रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने नुवाकोट घर भएका ४१ वर्षीय मनोहर मुडभरी, काठमाडौं महानगरपालिका-१४ बस्ने बाजुरा घर भएका २६ वर्षीय अनिल मल्ल, काठमाडौं टोखा नगरपालिका-१० बस्ने कास्की घर भएकी ३४ वर्षीया कमला पौडेल सुनार र काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४१ वर्षीय तुलसीराम ढुंगेल रहेका छन् । पक्राउ मध्ये मनोहरले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, अनिलले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ८४ हजार रूपैयाँ, कमलाले रोमानिया पठाइदिन्छु भन्दै…