आज मितिः २०८३ असार २ गते

समाचार

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

चैत २८,बुधबार, काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न आजदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गरेको छ। प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ।…
Read More
चितवनमा विक्रम बाबा मेला सोमबारदेखि सुरु

चितवनमा विक्रम बाबा मेला सोमबारदेखि सुरु

२७ चैत्र, मंगलबार   चितवन- चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सोमबारदेखि विक्रम बाबा मेला सुरु भएको छ । चैते दसैँका अवसरमा लाग्ने मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र नेपाली सेनाको खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले सोमबार संयुक्त रुपमा विक्रम बाबाको पूजा आराधना गरी शुभारम्भ गरे ।   मेला १५ दिनसम्म चल्नेछ । चैतेदसँैलाई लक्षित गरी हरेक वर्ष चैत औँसिदेखि पूणिर्मासम्म मेला लाग्छ । विक्रम बाबाको दर्शन गर्न आउने भक्तजनहरुका लागि राप्ती नदीमा डुङ्गाको व्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो ।   मेलामा आउने भक्तजनको सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल…
Read More
चार सैनिकको हेलिकप्टरबाट उद्धार

चार सैनिकको हेलिकप्टरबाट उद्धार

मङ्लबार, चैत्र २७, डोल्पा- हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भए पछि उनिहरुलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । ठूलीभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका हुन्। घाइते हुनेमा ३८ वर्षीय जमदार केशरबहादुर मगर, ३० वर्षीया प्युठ विजय कोइराला, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको छन् । निभी आगो आज पुनःसुरु भएपछि सैनिक निभाउन गएका थिए।
Read More
न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक ल्याए पुग्ने

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक ल्याए पुग्ने

चैत २५, आइतबार, काठमाडौं- जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ। न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनुपर्ने यसअघिको प्रावधान रहँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएको हुँदा केही परिमार्जन गेर जानुपर्ने विषयमा सहमति भएको हो। आयोगले यसअघि लिएको परीक्षामा एकजना मात्र उत्तीर्ण भएका थिए। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल हुँदा उक्त सहमति भएको हो। कानुन, न्याय तथा संसदीय ममिलामन्त्री पदम गिरीले परीक्षामा अधिकतम नम्बर ल्याउने नै प्रतिस्पर्धामा…
Read More
पोखरीमा डुबेर दुईजना बालकको ज्यान गयो

पोखरीमा डुबेर दुईजना बालकको ज्यान गयो

चैत २५, आईतबार धनकुटा – धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको छ । धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका–९ का १५ वर्षीय दिपेश ओझा रहेका छन् । बालकहरु कसरी डुबे भन्नेबारे स्थानीयबीच विवाद भएकाले घटनास्थललाई सुरक्षित राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
दुई क्षेत्रमा दुई सिटका लागि ३२ जनाको उम्मेदवारी दर्ता

दुई क्षेत्रमा दुई सिटका लागि ३२ जनाको उम्मेदवारी दर्ता

चैत २५, आईतबार काठमाडौं- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि हिजो शनिबार उम्मेदवारी मनोनयन भएको छ। प्रतिनिधि सभाको इलाम(२ र प्रदेश सभातर्फ बझाङ(१ ९क० मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको हो। निर्वाचन आयोगका अनुसार इलाम(२ मा २० जना र बझाङ-१ क मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म मनोनयनको समय तोकेको थियो। राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। वर्तमान सत्ता गठबन्धनमै रहेका तीन दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्।…
Read More
विद्यार्थीलाई शैक्षिक सामग्री किन्न बाध्य पार्ने विद्यालयलाई महानगरको चेतावनी

विद्यार्थीलाई शैक्षिक सामग्री किन्न बाध्य पार्ने विद्यालयलाई महानगरको चेतावनी

चैत २४,शनिबार, काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका विद्यालयलाई शैक्षिक सामाग्री किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ। कामपा शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै उक्त चेतावनी दिएको हो। आगामी शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउने काम प्रचलित कानुनविपरीत रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गर्नुभएको परिपत्रमा उल्लेख छ। पत्रमा भनिएको छ, ‘सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन्, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ।’ महानगरले भनेबाहेकका…
Read More
चितवनको रत्ननगरका मेयर सापकोटाले सरकारी गाडी नचढ्ने घोषणा

चितवनको रत्ननगरका मेयर सापकोटाले सरकारी गाडी नचढ्ने घोषणा

चैत्र,२३ शुक्रबार चितवन- चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले सरकारी गाडी नचढ्ने घोषण गरेका छन् । रत्ननगर वडा नं ६ स्थित बछौली माविमा आयोजित नगरपालिकाको चालू आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उनले सरकारले व्यवस्था गरेको सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन । स्थानीय सरकार सञ्चालन ऐनले नगरप्रमुखको सहजताको लागि सवारी साधन व्यवस्था गरेको छ । खर्च मितव्यीयता गर्दै आएका मेयर सापकोटाले अब सरकारी गाडी समेत नचढ्ने घोषणा गरेका हुन् । निर्वाचित भएको दुई बर्ष सम्म सरकारी गाडी कम प्रयोग गरेका उनले सार्वजनिक सुनुवाईमा नगरवासीलाई साक्षी राखेर सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन् । दुई बर्ष सम्म सरकारी गाडी…
Read More
आज यी चार प्रदेशमा वर्षाको सम्भावना

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

चैत २२, बिहिबार, काठमाडौं-   आज बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का…
Read More
गर्मीसँगै डेङ्गीको सङ्क्रमण बढ्न थाल्यो

गर्मीसँगै डेङ्गीको सङ्क्रमण बढ्न थाल्यो

चैत २२, बिहिबार, काठमाण्डौ – गर्मीयाम शुरु भएसँगै डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गीको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न शुरु हुने भएकाले डेङ्गीको जोखिम बढ्ने बताउनुभयो । डेङ्गीको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको डाक्टर दाहालले बताउनुभयो । उहाँकाअनुसार डेङ्गी पानी जम्ने सफा ठाउँमा ुएडिज एजिप्टी र एडिस एल्बोपिक्टसु प्रजातिको लामखुट्टेले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.