आज मितिः २०८३ कार्तिक १८ गते

मुख्य समाचार

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत आयोजना गरिएको रेवान कप महिला फुटबल प्रतियोगितामा विहीबार भएको खेलमा सेन्ट्रल कलेज रत्नप्रिय क्लव विजयी भएको छ । जनजागृती क्लव मनहरीलाई ५–६ गोल अन्तरले पराजित गर्दै रत्नप्रिय क्लब विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल नभएपछि ट्राइबेकरमा नतिजा निकालिएको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने स्वेता क्षेत्री म्यानअफ दी म्याच घोसित भएकी छन् । प्रतियोगिताको विजेतालाई उपाधि सहित ३० हजार र उपविजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने छ । फेस्टिबल अन्तर्गत विहीबार भएको डोरी तान्ने प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको समुह विजयी भएको…
Read More
रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने

रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने

१ फागुन, रत्ननगर । गत मङ्सिर ५ गते बाट रत्ननगर–९ मा सुरुभएको करदाता भेटघाट तथा घरदैलो कार्यक्रम आज देखि पूर्ण भएको छ । वडा कार्यालयले वडा भित्र रहेका सम्पूर्ण व्यापारी तथा करदाताहरुलाई भेटघाट गरेको थियो । वडा विकासको महत्वपुर्ण कडी नै कर भएको भन्दै रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले करदाताहरुको व्यवसायिक स्थिति तथा कर सम्बन्धी विषयमा करदाताहरुको भावना बुझ्न आफुहरु घरदैलो सम्म नै पुगेको बताउनुभयो । भेटघाटको क्रममा व्यवसायीहरु उत्साहित समेत रहेको उँहाको भनाई छ । भेटघाट तथा घरदैलो सकिए संगै करदाताको लागी दोस्रो चरणमा वडा कार्यालयले करदाता शिक्षा कार्यक्रमको आयोजना गर्ने रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयको सचिव सुर्य…
Read More
चितवन सेवा समाज नेपालले बृहत खुल्ला रक्तदान गर्दे

चितवन सेवा समाज नेपालले बृहत खुल्ला रक्तदान गर्दे

चितवन चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले  बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्ने भएको छ । समितिले यहि फागुन ३ गते  भरतपुर १०, चौविसकोठीमा विहान ८ बजेबाट कार्यक्रम गर्न लागेको हो । हाल भइरहेको रगतको अभावका कारण मानवीय जीवन रक्षाको निमित्त चितवन सेवा समाज नेपालले विभिन्न संघ-संस्था ,कलेज, विभिन्न क्षेत्रसँग समन्वय गरी  रक्तदान कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लाल बहादुर भट्टले  जानकारी दिनु भयो । भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको चितवन सेवा समाज नेपाल विभिन्न देशहरुसँग सम्बन्धित केन्द्रिय कार्यलय रहेको उक्त संस्थामा बैदेशिक रोजगारको शिलशिलामा विदेश रहेका नेपाली नागरिकहरु आवद्ध रहेका छन् ।…
Read More
सेवा नेपाल मार्फत चितवनमा जिओ कृषि सेवाको शुभारम्भ

सेवा नेपाल मार्फत चितवनमा जिओ कृषि सेवाको शुभारम्भ

रत्ननगर । सामाजिक उद्यमी महिला सञ्जाल (सेवा) नेपालले सामाजिक उद्यमी महिला सहकारी र त्यसमा आबद्ध किसानहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणको लागि जिओ कृषि सेवा शुभारम्भ गरेको छ । सामाजिक उद्यमी महिला सञ्जाल (सेवा) नेपाल, हेफर इन्टरनेशनल नेपाल र पाथवे टेक्नोलोजी सर्भिसेस प्रा.लि.बीचको त्रिपक्षीय सहकार्यमा मोवाइल एप्समा जिओ कृषि सेवा सञ्चालनमा ल्याएको हो । आज भरतपुरमा आयोजिक एक औपचारिक कार्यक्रमका बीच सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपाने, हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय प्रवन्ध निर्देशक कृष्ण कट्टेल र प्रा.लि.का प्राविधिक निर्देशक विकास डंगोलले सयुक्त रुपमा जिओ कृषि सेवाको उद्घाटन गरेका थिए । तीन बर्षमा देशभरका ३ सय सामाजिक उद्यमी महिला सहकारीहरुले प्रयोगमा ल्याउने…
Read More
विपन्न समुदायलाई न्यानो कपडा साथै विद्यार्थीहरुलाई स्टेसनरी वितरण

विपन्न समुदायलाई न्यानो कपडा साथै विद्यार्थीहरुलाई स्टेसनरी वितरण

२२ पौष, रत्ननगर । श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीले अत्याधिक जाडोका कारण असहजमा परेका विपन्न समुदायलाई न्यानो कपडा तथा विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ । कालिका नगरपालिका वडा नम्बर ९ मा रहेको लटौलीका ७५ जना विपन्नहरुलाई ७५ थान फाईबर सिरक साथै सोहि स्थानको श्री राष्ट्रिय आधारभूत विद्यालयका १ सय ३ विपन्न विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरिएको हो । श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका धर्म संरक्षक श्रीकृष्ण मंगलम् महाराजको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बोल्दै उंहाले संसार धनि गरिब सबैको लागी समान भएको बताउदै प्राणीको रक्षामा आ-आफ्नो स्थानबाट सबैले सक्दो प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । कालिका नगरपालिका वडा नम्बर ९…
Read More
हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

५ पौष, रत्ननगर । पर्यटकिय नगरी सौराहामा आगामी पौष ११ देखी १५ गते सम्म आयोजना हुने १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । बाघमारा चौरमा आयोजना हुने सो महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । कार्यक्रममा ११ गते गायिका ऋतु कंडेल र चर्चित वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, १२ गते चर्चित लोक तथा दोहोरी गायक लोक सम्राट राजु परियार, १३ गते चर्चित गायिका अन्नु चौधरी, १४ गते चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहने हात्ती खेलकुद प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रम तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषिराम तिवारीले जानकारी दिनुभएको…
Read More
खैरहनी महोत्सव सुरु,उत्पादन बढाउन निति र कानुन सहज बनाउनु पर्नेमा मन्त्री पाण्डेको जोड

खैरहनी महोत्सव सुरु,उत्पादन बढाउन निति र कानुन सहज बनाउनु पर्नेमा मन्त्री पाण्डेको जोड

पुस ५ गते । उद्योग ,कृषि ,पर्यटन खैरहनी नगर बिकासको मुल आधार भन्ने नाराका साथ तेस्रो खैरहनी महोत्सव शुक्रबार सुरु भएको छ । उद्योग बाणिज्य संघ खैरहनीको आयोजनामा सुरु भएको महोत्सवको भब्य समारोहका बीच संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरे । खैरहनी २ स्थित लदरी खोला किनारमा सुरु भएको महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पाण्डेले चितवन पर्यटनको राजधानी बन्न सक्ने बताए । त्यसका लागि सरकारको तर्फबाट आवश्यक निति ,आर्थिक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । मन्त्री पाण्डेले मेला महोत्सवमा आयातीत बस्तुको बढी बिक्री हुने गरेको तर्फ इङ्गित गर्दै स्वदेशी उत्पादनलाई…
Read More
खैरहनी  महोत्सवको तयारी अन्तिम चरणमा ,भोलि रोड रेश हुँदै

खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा ,भोलि रोड रेश हुँदै

पुस ३ गते । तेस्रो खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि महोत्सव सुरु हुन लागेको हो । सो महोत्सवको तयारी करिव पूरा भएको आयोजक उद्योग बाणिज्य संघ खैरहनिले बुधबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । संघका अध्यक्ष एवं महोत्सव संयोजक कुमार खनालका अनुसार महोत्सवको लागि परिसर निर्माणको काम सकिएको , प्रचारप्रसार तीब्र पारिएको छ भने प्रमुख अतिथिको टुंगो लागेको छ । परिसरमा कृषि प्रदशनी स्थलबाहेक २ सय बढी स्टल निर्माण गरिएको छ । स्टेज आकर्षक बनाईदैछ । महोत्सवको आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएका छौं,महोत्सव संयोजक खनालले भने-…
Read More
रत्ननगर ९ मा करदातालाई सचेतना

रत्ननगर ९ मा करदातालाई सचेतना

३ पौष, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले करदाता सचेतना तथा कर संकलन सम्बन्धि घरदैलो कार्यक्रम गरेको छ । अभियान स्वरुप संचालन गरिएको कार्यक्रममा आज कृष्ण मन्दिरचोक देखी भानुचोक सम्म रहेका व्यवसायीहरु संग भेटघाट गरिएको छ । रत्ननगर ९ का अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, रत्ननगर नगरपालिकाका राजस्व शाखा प्रमुख, वडा सचिव, वडाका कर्मचारीहरु, नगरप्रहरी, टोल विकास संस्थाका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । घरदैलोमा नै पुगेर व्यवशायीहरु संग अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा अधिकांश व्यवशायहरु दर्ता भएर संचालन भए पनि केहि भने दर्ता नभएका, केहि व्यवशायहरु नवीकरण हुन वांकी रहेका पाईएको छ । वडा…
Read More
श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका संस्थापक वृजदासजी महाराज “श्री १०८” पद बाट विभूषित

श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका संस्थापक वृजदासजी महाराज “श्री १०८” पद बाट विभूषित

२२ मंसिर, रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरका संस्थापक वृजदासजी महाराजलाई श्री १०८ पद बाट विभूषण प्रदान गरिएको छ । भारतको जामनगर, गुजरातबाट आउनुभएका श्रीकृष्ण प्रणामी धर्म, निजानन्द साम्प्रादायका धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजले वृजदासजी महाराजलाई श्री १०८ पद बाट विभूषित गर्नुभएको हो । रत्ननगर १० स्थित कृष्णमन्दिरमा आज आयोजित एक समारोहका बीच सु-स्वास्थ्यको कामना गरिएको सम्मान-पत्र सहित सो पद बाट विभूषित गरिएको श्रीकृष्ण प्रणामी मन्दिर, टिकौलीका कार्यवाहक अध्यक्ष जगदीशचन्द्र बरालले जानकारी दिनुभयो । जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजले श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीले समाजमा प्रदान गरेको योगदानको प्रशंशा समेत गर्नुभएको थियो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.