२२ पौष, रत्ननगर । श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीले अत्याधिक जाडोका कारण असहजमा परेका विपन्न समुदायलाई न्यानो कपडा तथा विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ । कालिका नगरपालिका वडा नम्बर ९ मा रहेको लटौलीका ७५ जना विपन्नहरुलाई ७५ थान फाईबर सिरक साथै सोहि स्थानको श्री राष्ट्रिय आधारभूत विद्यालयका १ सय ३ विपन्न विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरिएको हो ।
श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका धर्म संरक्षक श्रीकृष्ण मंगलम् महाराजको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बोल्दै उंहाले संसार धनि गरिब सबैको लागी समान भएको बताउदै प्राणीको रक्षामा आ-आफ्नो स्थानबाट सबैले सक्दो प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । कालिका नगरपालिका वडा नम्बर ९ का अध्यक्ष निलकण्ठ मगर, परिषदका केन्द्रिय सदस्य धर्मराज खनाल, विद्यालयका प्रधानाध्यापक वुद्धिराज गिरी, लगायतले उक्त अवसरमा बोल्नुभएको थियो । लटौलि स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको परिषरमा आयोजना गरिएको उक्त कार्यक्रम परिषदका सचिव सफल अधिकारीले संचालन गर्नुभएको थियो भने कार्यक्रमको संयोजन परिषदका उपाध्यक्ष दिलिप महतले गर्नुभएको थियो । कार्यक्रम श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीका अध्यक्ष सुर्यमणी ढकालको अध्यक्षतामा भएको हो ।
न्यानो कपडा तथा स्टेसनरी हस्तान्तरण कार्यक्रमलाई अमेरिका निवासी भोजराज/शान्ति चापागाई, अष्ट्रेलिया निवासी राज /श्रीषा आचार्य, रत्ननगर–१० निवासी तुल प्रसाद अधिकारी, टिकादत्त बराल, लायन्स क्लव अफ श्रीकृष्ण, शैलेश प्रसाद दाहाल, केशवराज बराल लगायतले सहयोग गर्नुभएको हो ।