आज मितिः २०८३ आश्विन १ गते

मुख्य समाचार

एमआरपीभन्दा धेरै मूल्यमा नुन बेचे तीन लाखसम्म जरिवाना

एमआरपीभन्दा धेरै मूल्यमा नुन बेचे तीन लाखसम्म जरिवाना

काठमाडौं-   आयो नुनको एमआरपीभन्दा धेरै मूल्य लिएर बिक्री गर्ने पसललाई ३ लाखसम्म जरिवाना हुने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गरेर बजारमा एमआरपीभन्दा धेरै मूल्यमा आयो नून बिक्री भइरहेको गुनासो आएकाले मूल्य धेरै लिएमा ३ लाखसम्म जरिवाना हुने बताएको हो। ‘साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएको छ। यस विभागबाट अनुगमन हुँदा काठमाडौं महानगरपालिका- १३ सोल्टीमोडस्थित म्याक्रो मिनी मार्टमा विभिन्न वस्तुको एमआरपीभन्दा बढी मूल्य लिई बिक्री वितरण भइरहेको पाइएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २० ठ बमोजिम अनुचित…
Read More
क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा २ स्थानमा नगदसहित सम्मानित

क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा २ स्थानमा नगदसहित सम्मानित

चितवन ।क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा सम्मानित भएका छन् । लामिछानेलाई आज (मंगलबार) विभिन्न संस्थाले नगदसहित सम्मान गरेको हो । भरतपुर महानगरपालिकाले पनि लामिछानेलाई नगदसहित सम्मान गरेको थियो । महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा लामिछानेलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो । त्यसै गरि लामिछानेलाई चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले पनि नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । आज दिउँसो सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान तथा टी २० अन्तराष्ट्रियमा एक सय विकेट लिएको…
Read More
आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं-   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय भएसँगै देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ । आइतबारसम्म मनसुन सक्रिय हुने छ ।   महाशाखाले बिहीवार साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको थियो । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपाल नजिक० अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो । मनसुनी वायुको प्रभावले आजदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।…
Read More
अख्तियारले दियो सांसद र कर्मचारीको पिआर छानबिन गर्न निर्देशन

अख्तियारले दियो सांसद र कर्मचारीको पिआर छानबिन गर्न निर्देशन

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद, निजामति कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिले विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएरनलिएको बारे तुरुन्तै छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। सार्वजनिक पदमा रहेका व्यक्ति विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएको भेटिएपछि अख्तियारले यस्तो निर्देशन दिएको हो।   खासगरी सरकारी कर्मचारी, सार्वजनिक संघसंस्थामा महाप्रबन्धक, कार्यकारी अध्यक्षलगायतले विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएको उजुरी अख्तियारमा परेपछि यस्तो पत्राचार गरिएको हो । अख्तिार स्रोतका अनुसार बहालवाला सचिवहरूकै विषयमा विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएको उजुरी परेपछि अख्यिारले मुख्यसचिवमार्फत सबै निकायमा रहेका उच्च तहका व्यक्ति, मन्त्री, सांसद र सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे अनुसन्धान…
Read More
११ देशका राजदूत फिर्ता बोलाइए

११ देशका राजदूत फिर्ता बोलाइए

काठमाडौं-   सरकारले विभिन्न ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले अमेरिकाका लागि राजदूत श्रीधर खत्री, भारतका लागि राजदूत डा। शंकरप्रसाद शर्मा, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि राजदूत डा.रामस्वार्थ राय, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता गरेको हो। यता पोर्चुगलका लागि नियुक्त भएका, तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ। कूटनीतिक स्रोतहरूका अनुसार सरकारले राजदूतहरूलाई एक…
Read More
यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ, तीन जनाको उद्धार

यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ, तीन जनाको उद्धार

चितवन- चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ परेका छन् । त्यस्तै दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो ।   उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको उमेर १५ वर्ष रहेको छ भने एक महिलाको उमेर ३० वर्ष रहेको छ ।   नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरेको रिजालले बताए ।…
Read More
आज गणतन्त्र दिवस, काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाइदै

आज गणतन्त्र दिवस, काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं आज १७औं गणतन्त्र दिवस हो । आज नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राष्ट्रिय दिवसको रुपमा मनाइँदैछ।   संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। यही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। गणतन्त्र दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिंदै छ। काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्नेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन्। दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिले शुभकामना दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन्।…
Read More
देशभर फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

देशभर फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

काठमाडौं- देशभर डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ। उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे। ‘पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ’, उनले भने, ‘त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न…
Read More
गोरखाकी फुञ्जो लामाको सगरमाथा आरोहणमा कीर्तिमान

गोरखाकी फुञ्जो लामाको सगरमाथा आरोहणमा कीर्तिमान

काठमाण्डौ –   गोरखाकी फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम राख्नु भएको छ । गोरखाकी फुञ्जोले सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान राख्नु भएको हो । सगरमाथा आधारशिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार अस्ति बुधवार दिउँसो ३ बजेर ५२ मिनेटमा आधार शिविरबाट आरोहण शुरु गरी बिहिबार बिहान ६ बजेर २३ मिनेटमा आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उहाँले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उनले सन् २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर…
Read More
चितवन सेवा समाजद्धारा पिडितलाई आर्थिक सहयोग

चितवन सेवा समाजद्धारा पिडितलाई आर्थिक सहयोग

चितवन- चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पिडितको उद्धारको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार समितिले पूर्बी चितवनको रत्ननगर र खैरहनीमा आर्थिक रकम सहयोग गरेको हो । चितवन सेवा समाजको विभिन्न राष्ट्रमा रहेका शाखाहरुको सहयोग र आजिवन सदस्यहरुले संकलन गरिएको रकम पिडितहरुलाई हस्तान्तरण गरिएको हो । रत्ननगर नगरपालिका वडा नम्बर १६ का कलेजो प्रत्यारोपणको लागि केही सहयोगको लागि समितिले २७ हजार २ सय नगद हस्तान्तरण गरेको हो । समितिका केन्द्रीय अध्यक्ष दिपक गौतमले पिडित विकास रानालाई चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै खैरहनी नगरपालिका खोरस्वरकी दिल कुमारी घिसिङ जसको कुवेतमा मृत्यू भएको थियो उनको छोराको लागि ५० हजार रुपैया…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.