आज मितिः २०८३ बैशाख ६ गते

क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा २ स्थानमा नगदसहित सम्मानित

चितवन ।क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा सम्मानित भएका छन् । लामिछानेलाई आज (मंगलबार) विभिन्न संस्थाले नगदसहित सम्मान गरेको हो ।
भरतपुर महानगरपालिकाले पनि लामिछानेलाई नगदसहित सम्मान गरेको थियो । महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा लामिछानेलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।
त्यसै गरि लामिछानेलाई चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले पनि नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । आज दिउँसो सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।

नेपाली क्रिकेटमा पुर्‍याएको योगदान तथा टी २० अन्तराष्ट्रियमा एक सय विकेट लिएको अवसर पार्दै लामिछानेलाई सम्मान गरिएको सेन्ट्रल कलेजका प्राचार्य यज्ञविलास पौडेल (वाईबी) ले बताए । लामिछानेले क्रिकेटको माध्यमबाट देशलाई अतुलनिय योगदान गरेको पौडेलको भनाइ थियो ।

सो अवसरमा लामिछानेले आफ्नो सुरुवाती दिन स्मरण गरेका थिए । उनले नारायणगढको क्याम्पाचौरस्थित नेटमा अभ्यास गर्दाको दिनहरु स्मरण गर्दै आफ्नो लक्ष्यमा पुग्न कडा मेहेनतका साथ अघि बढ्न युवा खेलाडीहरुलाई सुझाव दिए । उनले सम्मानका लागि सेन्ट्रल कलेज र चितवन क्रिकेट संघलाई धन्यवाद व्यक्त गरे ।

चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले सन्दीप कडा मेहेनत र अनुशासनले आज विश्वमाझ चिनिएको बताए । उनले धेरै युवा खेलाडीलाई उत्प्रेरणा प्रदान गरेको पियाको भनाइ थियो ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.