आज मितिः २०८३ बैशाख ५ गते

दार्चुलाबाट ५५ लाख रुपैयाँ घुससहित दुई जना रंगेहात पक्राउ

काठमाडौं-

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगद र चेकगरी झण्डै ५५ लाख रुपैयाँ घुस रकमसहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

 

शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको हो ।

 

धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनले पक्राउ परेकाहरूको साथबाट नगद चार लाख १२ हजार रुपैयाँ र ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद गरेको जानकारी दिए । धामीद्वयको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक बरामद भएको छ । यस्तै अशोक सिंह धामीको नाममा काटिएको पाँच लाखको चेकसमेत गरी कुल ५० लाख ६० हजारको चेक बरामद भएको उनको भनाइ छ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.