चितवन सेवा समाज नेपालले बृहत खुल्ला रक्तदान गर्दे
चितवन चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्ने भएको छ । समितिले यहि फागुन ३ गते भरतपुर १०, चौविसकोठीमा विहान ८ बजेबाट कार्यक्रम गर्न लागेको हो । हाल भइरहेको रगतको अभावका कारण मानवीय जीवन रक्षाको निमित्त चितवन सेवा समाज नेपालले विभिन्न संघ-संस्था ,कलेज, विभिन्न क्षेत्रसँग समन्वय गरी रक्तदान कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लाल बहादुर भट्टले जानकारी दिनु भयो । भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको चितवन सेवा समाज नेपाल विभिन्न देशहरुसँग सम्बन्धित केन्द्रिय कार्यलय रहेको उक्त संस्थामा बैदेशिक रोजगारको शिलशिलामा विदेश रहेका नेपाली नागरिकहरु आवद्ध रहेका छन् ।…