आज मितिः २०८३ बैशाख १६ गते

ब्रेकिङ न्यूज

देशको पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

देशको पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं-   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम प्रणालीमा हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ। आज अहिले बिहान लुम्बिनी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ। त्यस्तै मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। सोमबार दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित…
Read More
सुनको मूल्यमा वृद्धि, प्रतितोला १ लाख ६५ हजार

सुनको मूल्यमा वृद्धि, प्रतितोला १ लाख ६५ हजार

काठमाडौं-   स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। तीन दिनसम्म लगातार बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर सुन तोलामा १ लाख ६५ हजार पुगेको हो। शुक्रबार सुन तोलाको १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
Read More
टी-२० आई सिरिजको उपाधि नेपालले जित्यो

टी-२० आई सिरिजको उपाधि नेपालले जित्यो

  काठमाडौं-   नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ। दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले एक खेलअगावै टी-२० सिरिजको उपाधि जितेको हो। सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै लक्ष्य पूरा गरेको थियो।
Read More
आज पोखरामा निषेधित क्षेत्र तोकियो

आज पोखरामा निषेधित क्षेत्र तोकियो

कास्की-   जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ। आज आइतबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधित क्षेत्रको आदेश जारी गरेका हुन्। पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भएर शान्ति सुरक्षा भंग हुने भन्दै आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। सहकारी ठगी र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर पोखरा लगिएको छ। उनको पक्राउ विरोधमा रास्वपाले प्रदर्शन गर्दै आएको छ। साथै सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन्। दुई पक्षबीच झडप हुन सक्ने भएकोले रोक्न प्रशासनले निषेधित…
Read More
दुबईमा सम्पर्क विहिन भएका दिनेश चौलागाँईलाई खोजि गरिदिन परिवारको आग्रह

दुबईमा सम्पर्क विहिन भएका दिनेश चौलागाँईलाई खोजि गरिदिन परिवारको आग्रह

दुबई- कामको लागि युएईको सारजाह पुगेका मकवानपुरका दिनेश चौलागाँई अक्टोवर १५ तारिखबाट सम्पर्क विहिन भएको आफन्तले जनाएका छन् । चौलागाई ३ वर्ष पहिलेदेखि नेपाल जाने आउने गरि रहेका र पछिल्लो समय भिजिटमा आएर काम खोज्दै सारजाहा गएका थिए । काम गर्दै आएको कम्पनि केही समय अगाडि सो काम छोडि नेपाल गई भिजिटमा आएका पारिवारीक श्रोतले जनाएको छ । काम खोज्ने क्रममा कुनै एक एजेण्टसंग सम्पर्क गरी काम पाउने आशामा काम लगाए बापत दिनुपर्ने रकम पनि दिएर सोही एजेण्टसंगै खाने बस्ने गर्दै आएको र काम गर्न उसले पठाएको तर काम चित्त नबुझेकोले उनले त्यहाँ गरेनन् र फर्किएको दुबईमा नै कार्यरत उनकी…
Read More
लक्की फिल्मी अवार्ड दोस्रो संस्करणको टिसर्ट सार्वजनिक

लक्की फिल्मी अवार्ड दोस्रो संस्करणको टिसर्ट सार्वजनिक

चितवन-   मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको फिल्मी अवार्डको एक कार्यक्रमका बीच प्रचार सामाग्री ‘टिसर्ट’ सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, विशिष्ट अतिथि नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बेनिशा हमाल र लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो । चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड गर्न लागेको हो । लक्की मिडिया हाउसले…
Read More
चितवनमा आज सरिता इभेन्ट्सको विशिष्ट व्यक्तित्व सम्मान एवम् फेसन रन वे कार्यक्रम

चितवनमा आज सरिता इभेन्ट्सको विशिष्ट व्यक्तित्व सम्मान एवम् फेसन रन वे कार्यक्रम

    चितवन- चितवनको भरतपुरमा सरिता इभेन्ट्सले आज विशिष्ट व्यक्तित्व सम्मान एवम् बेस्ट अफ समर फेसन रन वे सिजन टु आयोजना गर्दै छ । इभेन्ट्सकी संयोजक सरिता आचार्यले विभिन्न बिधामा विशिष्ट व्यक्तिलाई सम्मान गर्न लागिएको जानकारी दिइन् । सम्मान तथा फेसन रन वे कार्यक्रम यज्ञपुरीस्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा हुँदै छ ।   भरतपुर भ्रमण वर्ष २०२४ र नेपालीहरुको महान चाड बडा दशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको आचार्यले बताइन् । सम्मान कार्यक्रम तथा बेस्ट अफ समर फेसन रन वे सिजन–२ साथै साँस्कृतिक कार्यक्रम पनि रहने छ । यसको लागि भिआईपी टिकट शुल्क एक हजार रुपैयाँ…
Read More
देशका पाँच प्रदेशमा आज वर्षाको सम्भावना

देशका पाँच प्रदेशमा आज वर्षाको सम्भावना

काठमाण्डौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जनाएको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। साथै देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पनि महाशाखाले प्रक्षेपण गरेको छ। राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।…
Read More
लामिछाने कास्की प्रहरीको हिरासतमा, भोलि अदालतमा उपस्थित गराइने

लामिछाने कास्की प्रहरीको हिरासतमा, भोलि अदालतमा उपस्थित गराइने

काठमाडौं-   सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका सांसद, पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो। उनलाई राति करिब २स्४५ बजेतिर प्रहरी कार्यालयमा प्रवेश गराइएको थियो। लामिछानेलाई त्यहाँ पुर्‍याउँदा रास्वपाका केही कार्यकर्ताले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए। लामिछानेलाई अब अदालतमा उपस्थित गराइनेछ र प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिनेछ। स्थलमार्गबाट लैजाँदा बाटोका केही स्थानमा सहकारी…
Read More
गैर आवासीय नेपाली नागरिकता लिएकाहरूको नाम मतदाता नामावलीबाट हट्ने

गैर आवासीय नेपाली नागरिकता लिएकाहरूको नाम मतदाता नामावलीबाट हट्ने

काठमाडौं - निर्वाचन आयोगले गैर(आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नुपूर्व नेपाली नागरिकता त्याग गरिएको विवरण मागेको छ । आयोगले आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर(आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण मागिएको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले उक्त व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.