आज मितिः २०८३ बैशाख ११ गते

कांग्रेसको निष्कर्ष तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ

 

काठमाडौं-

 

सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा शुक्रबार भएको आक्रमणको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा तीनकुनेमा प्रदर्शन भएको र अराजकता फैलाइएको आरोप लगाएको छ।

राजावादीहरूको पूर्वयोजनाअनुरुप निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको निष्कर्ष निकालिएको कांग्रेस प्रक्ता प्रकाशशरण महतले बताए। बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाका विषयमा ब्रिफिङ गरेका थिए। गृहमन्त्री लेखकले प्रहरीले राजावादीको सभास्थल ताकेर कुनै गोली वा टियर ग्यास प्रहार नगरेको बताका थिए।

प्रवक्ता महतले भने, ुराजावादीहरूले जुन हिसाबले लक्षित गरी आक्रमण गर्‍यो। निजी घर, व्यसायीक घर, मिडिया हाउसमा तोडफोड गरियो। त्यको कांग्रेसले भर्त्सना गरेको छ। यो निरंकुश शासन लाद्‍ने मनसायका साथ यो घटना घटाइएको छ। सिधै यहाँ(यहाँ आक्रमण गर्ने योजना भएको छ। यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ।ु

पूर्वराजाकै निर्देशनमा तीनकुनेमा अराजकता फेलाउनेहरू भेला भएको कांग्रर्सको आरोप छ। तोडफोड र आगजनीमा संलग्नलाई कानुनी कारबाही गर्न कांग्रेसले माग गरेको महतले बताए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.