आज मितिः २०८३ आश्विन ८ गते

ब्रेकिङ न्यूज

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा-   रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन्। घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय…
Read More
आज र भोलि देशका धेरै ठाउँमा चट्याङ, हावाहुरीसहित पानी पर्ने

आज र भोलि देशका धेरै ठाउँमा चट्याङ, हावाहुरीसहित पानी पर्ने

काठमाण्डौं- देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।   महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही ठाउँ, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँ तथा बाँकी भेगका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।   तीनथरी…
Read More
शिक्षकका समस्या समाधान गर्न सरकारलाई माओवादीको आग्रह

शिक्षकका समस्या समाधान गर्न सरकारलाई माओवादीको आग्रह

काठमाडौं-   प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ। सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विगत २५ दिनदेखि भइरहेको सडक आन्दोलनका विषयमा शिक्षकसँग छलफल गरी समस्या समाधान गर्नुको सट्टा दबाउन उद्यत हुनु निन्दनीय भएको उल्लेख गरेका छन्। “शिक्षकमाथि भएको सरकारी दमनले गुरुवर्गको मात्र होइन समस्त बौद्धिक जगतको आत्मसम्मानमा चोट पुगेको छ। यो कार्य सरकारको विवेकशून्य र गैरजिम्मेवारीको पराकाष्ठामात्र होइन समस्या समाधान गर्न सर्वोच्च अदालतले गरेको आदेशको समेत ठाडो उल्लङ्घन हो”, विज्ञप्तिमा भनिएको…
Read More
राप्रपा अध्यक्ष लिङ्‍देनको अभिव्यक्ति प्रति कांग्रेसको ध्यानाकर्षण

राप्रपा अध्यक्ष लिङ्‍देनको अभिव्यक्ति प्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोटेश्वरस्थित भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा कांग्रेसका एक सहमहामन्त्रीका छोरासमेत संलग्न भएको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज विज्ञप्तिमार्फत कांग्रेसका एक सहमहामन्त्रीका छोरासमेत संलग्न भएको, प्रहरीद्वारा समातिएको र गृहमन्त्रीको आदेशले उनको रिहाइ गरिएको भनी अध्यक्ष लिङ्देनले दिनुभएको अभिव्यक्ति भ्रमपूर्ण रहेको भन्दै भत्र्सना र निन्दा गरेको छ। कांग्रेसले राप्रपाका कार्यकर्ताहरुले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्ने उद्देश्यले सो अवाञ्छित कार्यको दोष एक जिम्मेवार र सभ्य नागरिक माथि लगाएको भन्दै निन्दा गरेको छ। यही वैशाख १२ गते राप्रपा अध्यक्ष लिङ्देनले संसद्मा आफ्नो मन्तव्यका क्रममा…
Read More
सहकारी ठगीमा सांसद राईलाई तीन दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगीमा सांसद राईलाई तीन दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं- प्रतिनिधि सभा सदस्य माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो। उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ। राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो। सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन्। राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्। राईसमेतका व्यक्तिले ६९० बचतकर्ताको…
Read More
नेपाल विद्युत प्राधिकरणले भन्यो, सामाजिक सञ्जालको हल्ला विश्वास नगर्नुस्

नेपाल विद्युत प्राधिकरणले भन्यो, सामाजिक सञ्जालको हल्ला विश्वास नगर्नुस्

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको जनाएको छ । सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको स्पष्ट पारेको हो। हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता तीन हजार ५१२ मेगावाट पुगेको छ। यसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य ऊर्जाबाट २५ मेगावाट, तापीयबाट ५३ मेगावाट हाल बन्द, सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २,१४९ मेगावाट छन्।…
Read More
आज आमाको मुख हेर्ने पर्व मनाइँदै

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्। सनातन वैदिक शास्त्रमा…
Read More
रत्ननगर-१६ मा मानसिक स्वास्थ्य सम्बन्धी सामुदायिक सचेतना कार्यक्रम 

रत्ननगर-१६ मा मानसिक स्वास्थ्य सम्बन्धी सामुदायिक सचेतना कार्यक्रम 

रत्ननगर पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १६ का महिलाहरुका लागी सामुदायीक सचेतना कार्यक्रम गरिएको छ।   रत्ननगर नगरपालिका वडा नं-१६ को आयोजना तथा नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थको सहकार्य रहेको सो कार्यक्रममा रनपा-१६ स्थित वनदेवि टोलका ५० जना महिलाहरुको सहभागीता रहेको थियो।   समन्वयात्मक सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत संचालित सो कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा मेन्टल हेल्थ कोअर्डिनेटर सुनिता जिरेल रहनुभएको थियो।   नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थ र वडा कार्यालयको साझेदारीमा आयोजित सो कार्यक्रममा मनोपरामर्श कर्ता सबिना भुसालले सहजीकरण गर्नुभएको थियो।   नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थको मुख्य कार्यालय भरतपुर-१०,मालपोत चोक स्थित मौलाकालिका अस्पताल नजिकै रहेको छ।  …
Read More
तराईका भूभागमा तातो लहर तीन प्रदेशमा वर्षाको सम्भावना

तराईका भूभागमा तातो लहर तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं- हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई…
Read More
सात दिनभित्र दर्ता नभए फेसबुक नेपालमा  प्रतिबन्ध लगाईने सञ्चारमन्त्री गुरुङको चेतावनी

सात दिनभित्र दर्ता नभए फेसबुक नेपालमा प्रतिबन्ध लगाईने सञ्चारमन्त्री गुरुङको चेतावनी

काठमाण्डौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी कार्यक्रममा उनले मेटालाई नेपालमा दर्ता हुन पटक–पटक सूचना जारी गरिए पनि कम्पनीले अटेर गरेको बताए । तेस्रो पटकको सूचनाको म्याद केही दिनअघि सकिएको उल्लेख गर्दै उनले अबको सात दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। उनले मेटाबाट नेपालमा सञ्चालित फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिरहेको बताए। अब सात दिनभन्दा बढी समय दिइँदैन। यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं। देशभन्दा ठूलो रे उनीहरू। उनीहरूको घमण्ड…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.