चितवनको कालिका नगपालिकाको अद्यावधिक बेरुजु सबैभन्दा कम, नेपालकै उत्कृष्ट दश भित्र
चितवन- चितवनका सातवटा स्थानीय तहमध्ये कालिका नगरपालिका हाल चितवन जिल्लामा सबैभन्दा कम अधावधिक बेरूजु कायम गर्न सफल भई प्रथम हुन सफल पालिका बनेको छ । यस पालिका हाल नेपालका ७५३ स्थानीय तहहरू मध्ये सबैभन्दा कम बेरूजु भएको शिर्ष १० पालिका भित्र सूचीकृत भएको उल्लेख गरिएको छ । २०७१ सालमा नगरपालिका स्थापना भएसंगै आर्थिक वर्ष २०७९/०८० सम्म कालिका नगरपालिकाको कुल बेरूजु रु २० करोड भएकोमा हालको स्थानीय तहको दोस्रो कार्यकालको जनप्रतिनिधि आएसंगै बेरुजु घटाउन प्राथमिकता राखि विभिन्न कार्यक्रमहरु गरेको छ । लेखा समितिका संयोजक टिकाराम रेग्मीका अनुसार विभिन्न असुल गर्नुपर्ने बेरुजु रकम अलुल गरि नगरपालिकाको खातामा जम्मा गरिएको…