आज मितिः २०८३ बैशाख ९ गते

सफा अर्गानिक मल किसानको रोजाइमा : सेफ सुपरमार्केटबाट विक्री सुरु  

चितवन –

 

सफा अर्गानिक मल किसानको रोजाईमा परेको छ । सफा उर्जा उत्पादन प्रा.लि.ले उत्पादन गरेर बजारमा ल्याएको उक्त अर्गानिक मल किसानहरुको रोजाईमा परेको हो । किसानहरुले रासायनिक मलको विकल्पको रुपमा सफा अर्गानिक मल प्रयोग गर्न थालेका छन् । रत्ननगर वडा नं १ बकुलहर स्थित सेभ सुपरमार्केटबाट समेत उक्त मलको विक्री सुरु गरिएको छ । साढे दुई बर्ष अघि देखि खैरहनीको चैनपुरमा उत्पादन हुँदै आएको उक्त मल चितवन जिल्ला सहित काठमाडौं तथा मुलुकका अन्य शहरहरुमा समेत विक्रीका लागि पठाउने गरिएको सफा उर्जा उत्पादन प्रा.लि.का निर्देशक निर्णय पौडेलले जानकारी दिए । कपडा सहित दैनिक उपभोग्य बस्तु एउटै भवनमा उपलब्ध गराउदै आएको सेभ सुपर मार्केटमा सबैको पहुँच रहेकाले सजिलै किसानको पहुँचमा पु¥याउन सुपर मार्केटबाट विक्री सुरु गरिएको उनको भनाई छ । सफा अर्गानिक मल १ केजी, २ केजी, ३ केजी, २५ केजी र ३० केजीको प्याकेटमा उपलब्ध रहेको छ । लगातार चार बर्ष सम्म यसको प्रयोग गरेमा माटोलाई पूर्वअबस्थामा ल्याउन सकिने कम्पनीले जनाएको छ । आधुनिक हिसाबले खेती गर्ने नाममा रासायनिक मलको प्रयोग गरेर खेतबारीहरु पूर्णरुपमा उत्पादन दिन नसक्ने अबस्थामा रहेको भन्दै निर्देशक पौडेलले सफा उर्जाले उत्पादन गरेको मलले उत्पादन बृद्धि हुनुको साथै माटोको उर्भराशक्ति कायम राख्ने बताए ।

सफा अर्गानिक मलका फाइदाहरूः

१) माटोको उर्वराशक्ति सुधार गर्छ : जैविक तत्वले भरिपूर्ण भएकाले माटोको संरचना, पानी सम्हाल्ने क्षमता, र सूक्ष्मजीवहरूको सक्रियता बढाउँछ ।

२) दीर्घकालीन प्रभाव : बिस्तारै र स्थिर रूपमा पोषण तत्वहरू प्रदान गर्छ, जसले बोटबिरुवालाई लामो समयसम्म फाइदा पु¥याउँछ ।

३) रासायनिक मलको आवश्यकता हटाउँछ : बोटबिरुवालाई आवश्यक सम्पूर्ण पोषण प्रदान गर्ने भएकाले रासायनिक मल प्रतिको निर्भरता घटाउँछ ।

४) बालीको स्वाद र गुणस्तर बढाउँछ : अर्गानिक पोषणयुक्त सफा मलले उत्पादन भएका बालीहरू स्वादिलो, पोषिलो र लामो समयसम्म कहि नहुने हुन्छन् ।

५) पर्यावरणमैत्री र जलवायु अनुकूल : हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्छ र दिगो कृषि अभ्यासलाई समर्थन गर्छ ।

६) उत्पादन वृद्धि गर्छ : स्वस्थ माटोले राम्रो बोटबिरुवा वृद्धि र कृषि उत्पादनमा सुधार ल्याउँछ ।

७) स्वास्थ्य र वातावरणका लागि सुरक्षित : विषादीरहित र हानिकारक रसायनबाट मुक्त भएकाले किसान, उपभोक्ता र वातावरणका लागि सुरक्षित हुन्छ ।

८) नेपालमै उत्पादन गरिएको : स्थानीय स्रोतहरू प्रयोग गरेर उत्पादन गरिएको हुनाले सस्तो, भरपर्दो र सजिलै उपलब्ध हुन्छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.