आज मितिः २०८३ असार ५ गते

राप्रपा रत्ननगर नगर समितिको अध्यक्षमा सन्तोष लामा विजयी 

चितवन-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रत्ननगर नगर समितिको अध्यक्ष पदमा सन्तोष लामा विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा सन्तोष लामा दुई मतको झिनो अन्तरले विजयी भएका हुन् ।

 

जम्मा २३५ मतदातामध्ये १९३ मत खसेको उक्त निर्वाचनमा लामाले ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिशरण भट्टराईले ९० मत ल्याए । १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

 

शनिबार बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म चलेको मतदान प्रक्रिया निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न भएको राप्रपाले बताएको छ । सुरूमा पाँच जना उमेदवारले मनोनयन दर्ता गराए पनि श्याम पोख्रेल, नारायण कार्की र रामजी महतोले उमेदवारी फिर्ता लिएपछि लामा र भट्टराईबीच कडा प्रतिस्पर्धा भएको थियो । मतगणना सम्पन्न भएसँगै शनिबार नै नतिजा घोषणा गरिएको थियो ।

 

सन्तोष लामा युवा पुस्तामाझ लोकप्रिय र गतिशील नेताका रूपमा चिनिन्छन् । उनले पार्टीको आधुनिकीकरण र युवा सहभागिता वृद्धिमा जोड दिँदै आएका छन् । उनको जितले राप्रपाको स्थानीय संगठनमा नयाँ ऊर्जा र परिवर्तनको अपेक्षा गरिएको उनका समर्थकले बताए ।

 

त्यस्तै नगर समिति सदस्यमा रुद्रप्रसाद ढकाल, मधुव कुमार भट्टराई ,राजेन्द्र लामा, दुर्गा कुमारी घिमिरे, आनन्द प्रसाद सुवेदी,हिरालाल खतिवडा, भजुराम महतो, बलराम शर्मा खनाल, हरि प्रसाद अधिकारी ,डिल्लीप्रसाद गौतम, हरि गोपाल सिम्खडा , बिजेन्द्र राज पाठक, निश्चल तिवारी , राजेश्वर खतिवडा , पार्वती देबी मगर, मिना प्रधान महतो , बिमला थापा , गणेशजङ्ग रायमाझी , गोविन्द प्रसाद अधिकारी , उर्मिला पासवान सर्वसम्मत चयन भएका छन् ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.