काठमाडौं-
जापानले सात जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो।
निष्कासनमा पर्नेहरुलाई थाई एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो।
जापानले यसै साता ७ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गरेका उनीहरूलाई नेपाल फर्काइएको हो, ।
गत वैशाख अन्तिम साता पनि जापानले दुई जना नेपालीलाई निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको थियो।