आज मितिः २०८३ बैशाख ८ गते

बारपाक फोटो प्रदर्शनी’ विद्यार्थीहरुद्वारा रुचिपूर्वक अवलोकन

काठमाडौं-

फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले खिचेका तस्बिरहरुको प्रदर्शनी विद्यार्थीहरुले रुचिपूर्वक अवलोकन गरेका छन् । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ुबारपाक फोटो प्रदर्शनीु अवलोकन गर्न एलआरई, जोन डेबी लगायत विभिन्न स्कुलका विद्यार्थीहरु पुगेका हुन्।

तस्बिरहरु हेरेपछि विद्यार्थीहरुले बारपाक नपुगे पनि पुगेजस्तै महसुस भएको प्रतिक्रिया दिए । यो एउटा सिकाइकै पाटो भएको विद्यार्थीहरुको भनाइ छ ।

फोटो पत्रकार तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई तस्बिरमार्फत प्रदर्शनीमा राखेका छन् । २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दू भएर गएको भूकम्पपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटोहरु प्रदर्शनमा राखिएका छन् ।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको फोटो प्रदर्शनीको प्रवर्द्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ। अर्घाखाँची सिमेन्ट, कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकको सहयोग रहेको फोटो प्रदर्शनीको मिडिया पार्टनरको रुपमा नेपाल फोटो लाइब्रेरी रहेको छ।

प्रदर्शनीमा राखिएका सम्पूर्ण तस्बिर बारपाक सुलिकोट गाउँपालिकालाई हस्तान्तरण गर्ने घोषणा फोटो पत्रकार तिमिल्सेनाले गरेका छन्। ती तस्बिर गाउँपालिकाले बारपाकमा निर्माण गरिरहेको भूकम्प संग्रहालयमा राखिनेछ ।

बिहीबार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रदर्शनी उद्घाटन गरेका थिए । प्रदर्शनी शनिबारसम्म चल्नेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.