आज मितिः २०८३ बैशाख ९ गते

प्रधानमन्त्रीलाई मेयर बालेनको कडा जवाफ: “भ्रष्ट सिस्टमलाई म सपोर्ट गर्दिनँ”

काठमाडौँ, – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा जवाफ दिएका छन्। गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले बालेनलाई अबदेखि सरकारी कार्यक्रममा नबोलाउन निर्देशन दिएका थिए। जवाफमा बालेनले भनेका छन्, “भ्रष्ट सिस्टमलाई म सपोर्ट गर्दिनँ।”

बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारमाथि तीव्र आलोचना गर्दै लेखेका छन्, “जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशका सबै पार्टीका सबै लागेर भ्रष्टाचारी जोगाउछु भन्छ, त्यस्को नाइकेको कार्यक्रममा म गैदिनुपर्ने?”

उनले थप भनेका छन्, “हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ। महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, हाम्रो नियतमा फरक पर्दैन।”

यसअघि पनि बालेनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भनेका थिए, “हामी त तपाईंका मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे हौँ। मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला।”

मेयर बालेनले सरकारमाथि भ्रम फैलाएको आरोप लगाउँदै विभिन्न उदाहरणहरू प्रस्तुत गरेका छन्, जसमा भ्यू टावरको नक्सा पास, कार्यकारी टिक्दैन भन्ने प्रचार, र महानगरमा कार्यकारी नपठाउने जस्ता विषय समावेश छन्।

प्रधानमन्त्री ओली र मेयर बालेनबीचको यो विवादले नेपाली राजनीतिमा नयाँ बहसको सुरुवात गरेको छ। सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा बालेनको अडानले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ।

By कुशल भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.