आज मितिः २०८३ आश्विन ८ गते

ब्रेकिङ न्यूज

अखिल नेपाल महासंघ चितवनद्धारा ध्यानाकर्षण

अखिल नेपाल महासंघ चितवनद्धारा ध्यानाकर्षण

चितवन- अखिल नेपाल महासंघ चितवनद्धारा जिल्लाका विभिन्न निकायलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । गत बैशाख ३० गते देखि जेठ २ गतेसम्म आएको हावाहुरीका कारण विभिन्न फलफुल तथा वालीनालीमा असर गरेकोमा महासंघ चितवनद्धारा ध्यानाकर्षण गराईको हो ।   महासंघले आईतवार जिल्ला कृषि विकाश कार्यालय, भरतपुर महानगर पालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाईको हो । अखिल नेपाल महासंघ चितवनका अध्यक्ष सिपी अधिकारी तथा ईन्चार्ज दुर्गा दत्त पौडेलद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा किसानले वालिको उत्पादन लिने वेलामा हावाहुरीले गर्दा किसानहरु मर्कामा परेको जनाईएको छ । यस सन्धर्भमा सम्बन्धित पालिका मार्फत विवरण लिएर आवश्यक क्षतिपुर्तिको लागि सरकार समक्ष पुराउन माग गरिएको छ…
Read More
रोशनी शाही मृत फेला

रोशनी शाही मृत फेला

काठमाडौं-   तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर विवादमा आएकी रोशनी शाही भक्तपुरमा आफ्नै कोठाभित्र मृत फेला परेकी छन्।   आइतबार सूर्यविनायक नगरपालिका-३ बालकोटस्थित आफ्नै कोठामा मृत फेला परेकी हुन्। कोठाभित्र चुकुल लगाएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। घरमा अन्य कोही सदस्य नभएको बुझिएको छ। उनका पति विराटनगरमा रहेकाले खबर गरिएको प्रहरीले जानकारी दिएको छ। उनका छोराछोरी भने विदेशमा छन्। २०७६ असोज १२ गते साँझको समयमा तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्ने तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो। त्यसक्रममा महराको चस्मा फुटेको थियो। सोही घटनालाई लिएर उनले महराविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेकी…
Read More
बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै शेयर धितो कर्जाको जोखिम भार घटाइएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दर, निक्षेप संकलन दर र बैंक दर भने यथावत राखेको छ । “आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ । नीतिगत दरलाई विद्यमान पाँच प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई…
Read More
सम्पादकीय: राज्यकै संरक्षणमा मानव तस्करी — अब ढाकछोपको होइन, निर्णायक कारबाहीको बेला हो

सम्पादकीय: राज्यकै संरक्षणमा मानव तस्करी — अब ढाकछोपको होइन, निर्णायक कारबाहीको बेला हो

त्रासदी र लज्जाको अन्तिम सीमा यही हो — जब नागरिकको सुरक्षाका लागि बनाइएको गृह मन्त्रालयकै उच्च तहका कर्मचारी स्वयं नागरिक बेच्ने गिरोहको अगुवाईमा मुछिन्छन्। सहसचिव तीर्थराज भट्टराईमाथि भिजिट भिसाको आवरणमा मानव तस्करी सञ्चालन गरेको गम्भीर आरोपले राज्य संयन्त्रभित्रको सडन गन्ध नाक थुनेर बस्न नसक्ने गरी फैलिएर आएको छ। त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुख भएर बसेका भट्टराईले ट्राभल एजेन्सी, मेनपावर र आफ्नै ‘कोर टिम’को साथमा कस्तो घिनलाग्दो व्यापार चलाइरहेका थिए भन्ने प्रमाण अख्तियारको प्रारम्भिक अनुसन्धानबाट छताछुल्ल भएको छ। जफत गरिएका मोबाइल, ल्यापटप, र करोडौंको लेनदेनका विवरणले यो केवल 'एक जना कर्मचारीको गल्ती' भनेर उडाउने कुरा होइन। झनै गम्भीर कुरा — मन्त्रीकै सचिवालयबाट…
Read More
राजावादी विरुद्धको प्रतिकारमा एमालेको शक्ति प्रदर्शन, ओलीको नेतृत्वमा तयारी तीव्र

राजावादी विरुद्धको प्रतिकारमा एमालेको शक्ति प्रदर्शन, ओलीको नेतृत्वमा तयारी तीव्र

नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा ल्याउन कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार बागमती प्रदेशका एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै ओलीले प्रतिगामी शक्तिहरूको भ्रम चिर्न र राजावादी आन्दोलनको प्रतिकार गर्न पार्टी कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरे। ओलीले भने, "१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ। आन्दोलनमा प्रोटोकल होइन, एकता र संकल्प चाहिन्छ।" उनले राजावादीहरूलाई जनताको रैती बन्ने चाहना फैलाउने प्रतिगामी तत्वको संज्ञा दिँदै, एमाले जनतासँगै दृढ भएर उभिने बताए। ओलीले थपे, "राजावादीहरूको भ्रम चिर्न र प्रतिगमनको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ।" एमालेले जेठ १५ गते काठमाडौंमा शक्ति प्रदर्शन…
Read More
नागढुंगा नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द हुने,कुन बाटो छन् विकल्प ?

नागढुंगा नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द हुने,कुन बाटो छन् विकल्प ?

काठमाडौं-   सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ। नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०:३० बजेदेखि अपाह्न ३ बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए। आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ। नारायणगढ मुग्लिन सडक योजनाले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ। प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरे­त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।
Read More
मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

तनहुँ-   पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। जिपमा पाँच जना सवार थिए। मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ। उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो। घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने…
Read More
आज एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।   सातै प्रदेशको…
Read More
बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

बैतडी- बैतडी सदरमुकाम भएर भूकम्प भएको छ। सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १स्४८ बजे पाँच दशमलव एक र २स्०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो।   लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताउनुभयो। भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ।
Read More
एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ।   महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.