आज मितिः २०८३ बैशाख ६ गते

राजावादी विरुद्धको प्रतिकारमा एमालेको शक्ति प्रदर्शन, ओलीको नेतृत्वमा तयारी तीव्र

नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा ल्याउन कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार बागमती प्रदेशका एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै ओलीले प्रतिगामी शक्तिहरूको भ्रम चिर्न र राजावादी आन्दोलनको प्रतिकार गर्न पार्टी कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरे।

ओलीले भने, “१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ। आन्दोलनमा प्रोटोकल होइन, एकता र संकल्प चाहिन्छ।”

उनले राजावादीहरूलाई जनताको रैती बन्ने चाहना फैलाउने प्रतिगामी तत्वको संज्ञा दिँदै, एमाले जनतासँगै दृढ भएर उभिने बताए। ओलीले थपे, “राजावादीहरूको भ्रम चिर्न र प्रतिगमनको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ।”

एमालेले जेठ १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ, जसमा देशभरका कार्यकर्ताहरूको सहभागिता अपेक्षित गरिएको छ। पार्टीले उक्त दिनलाई लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिगमनविरुद्धको एकता प्रदर्शनको रूपमा लिने जनाएको छ।

By कुशल भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.