कालीगण्डकीमा पहिलोपटक लघु सङ्ग्रहालय स्थापना – श्री भगवती माविमा भव्य कार्यक्रम सम्पन्न
स्याङ्जा, – कालीगण्डकी गाउँपालिका–७, मिर्मी ढावस्थित श्री भगवती माध्यमिक विद्यालयले असार ३ गते एक ऐतिहासिक कार्यको थालनी गर्दै कालीगण्डकीमै पहिलोपटक लघु सङ्ग्रहालयको उद्घाटन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ। सामाजिक, सांस्कृतिक र शैक्षिक दृष्टिले महत्वपूर्ण मानिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री राम प्रसाद पाण्डे र सहायक प्रधानाध्यापक श्री हेम बहादुर थापाले स्वागत मन्तव्य राख्दै विद्यालयको निरन्तर प्रयास, स्थानीय सहभागिता र सम्पदाको संरक्षणमा गरिएको योगदानबारे प्रकाश पार्नुभयो। कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष श्री लोक हरी पाण्डे र व्यवस्थापन समितिका सदस्य श्री ज्ञान प्रसाद भट्टराईले विद्यालयको गतिशीलता र भविष्यप्रति आशावादी दृष्टिकोण प्रस्तुत गर्दै यस अभियानले भावी पुस्तामा गर्व, ज्ञान र…