आज मितिः २०८३ आश्विन ८ गते

ब्रेकिङ न्यूज

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।…
Read More
जलवायु परिवर्तनको कारण सुदूरपश्चिममा बाह्रै महिना डेंगु संक्रमण

जलवायु परिवर्तनको कारण सुदूरपश्चिममा बाह्रै महिना डेंगु संक्रमण

काठमाण्डौं- गर्मी र वर्षा समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ। जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेङ्गुको सङक्रमण बढ्दै गएको छ। जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए। “तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको छ”, उनले भने, “पहिला गर्मी र वर्षाका बेलामात्र डेङ्गुको सङक्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ।” लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्याउँदा डेङ्गुको सङ्क्रमण…
Read More
यी चार प्रदेशमा धेरै वर्षा, तराईमा हावाहुरी

यी चार प्रदेशमा धेरै वर्षा, तराईमा हावाहुरी

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै…
Read More
मुग्लिन-मलेखु सडक राति पनि खुल्ने

मुग्लिन-मलेखु सडक राति पनि खुल्ने

चितवन- मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम ९गर्डर० राखे कामसँगै रातिको समयमा सडक आवागमन नरोकिने भएको छ। पृथ्वी राजमार्गको नैबिसे(मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ। उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए। भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो। क्रेनले…
Read More
देशभर मनसुनी वायुको प्रभाव, हल्का देखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- मनसुनी वायुको प्रभाव हाल देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको…
Read More
अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन म छिट्टै चितवन आउँदै छु- निकिता लामिछाने

अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन म छिट्टै चितवन आउँदै छु- निकिता लामिछाने

चितवन- रवि लामिछानेकी पत्नि निकिता लामिछानेले अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन छिट्टै चितवन आउने बताएकी छन् । उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकि छन् - एउटा प्रश्न बाट शुरू गर्छु ः यो देशको भाग्य र भविष्य बदल्छु भनेर आएका रवि लामिछानेहरु यसरी षड्यन्त्रको सिकार हुने हो भने म जस्ता निकिताहरुले भविष्यका रविहरुलाई घरबाट टीका लगाएर राजनीति गर्न किन पठाउछन् ? आज असार ७ गते, सिङ्गो देशलाई साक्षी राखेर मेरो श्रीमानले आफ्नो नेतृत्वमा एउटा सपना जन्माएको दिन । तेस्रो वर्षमा आइपुग्दा यसका जन्मदातालाई राज्यले कालकोठरीमा थुनेको छ। जबरजस्ती कहिँ ठगी, कहिँ सहकारी ठगी, कहिँ संगठित अपराध रे अनि सम्पत्ति शुद्धिकरण…
Read More
चितवनको भरतपुरबाट तास खेलिरहेका ६ जना समातिए

चितवनको भरतपुरबाट तास खेलिरहेका ६ जना समातिए

चितवन- चितवनमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१८, गाजीपुरका ५२ वर्षीय आयुमान तामाङसहितका व्यक्तिहरू छन् । तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनिहरुबाट नगद ३३ हजार ९६० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  
Read More
इरानमा रहेका १६ नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

इरानमा रहेका १६ नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

काठमाडौं- नेपाल सरकारको अनुरोधमा १६ नेपालीलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको छ । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले इरानमा १६ नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् । “इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नवीन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ,” परराष्ट्रमन्त्री डा। राणाले भनिन्, “हामी उहाँहरूको सहयोगको प्रतिक्षामा छौँ ।” एक सातादेखि जारी इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा। शंकर…
Read More
चार दिनदेखि ठप्प दुम्कीवास दाउन्ने सडक

चार दिनदेखि ठप्प दुम्कीवास दाउन्ने सडक

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ। वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ। यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन्। बिहीबार राति काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो। बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भने, ‘मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।’ ३१ वर्षीय शिवनारायण थारु काठमाडौंबाट बर्दिया…
Read More
आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाव्दारा जारी बुलेटिनमा उल्लेख छ। वर्षाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता जोखिम हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.