आज मितिः २०८३ बैशाख १३ गते

ब्रेकिङ न्यूज

मोरङमा अति भारी वर्षा, ढोरपाटनमा पहिलोपटक हिमपात

मोरङमा अति भारी वर्षा, ढोरपाटनमा पहिलोपटक हिमपात

काठमाण्डौं- २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । मोरङको केराबारी स्टेशनमा अत्यधिक वर्षा मापन भएको छ । केराबारीमा ४०१।२ मिलिमिटर मापन भएको छ । यस्तो वर्षाका कारण आकस्मिक बाढीको जोखिमसमेत हुन्छ । यस्तै गत २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ । त्यहाँ ३६।४ मिलिमिटर वर्षा भएको हो । सप्तरीकै बरमझियामा १९।६ मिलिमिटर पानी परेको छ । मकवारपुर र र प्यूठानमा पनि मध्यम वर्षा भएको छ । सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लामा हल्का वर्षा भएको विभागले जनाएको छ । त्यस्तै ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ। लामो समयको…
Read More
घिमिरे बन्धुहरुको तेस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न

घिमिरे बन्धुहरुको तेस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न

चितवन - घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपाल रत्ननगर नगर समितिको तेस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिवार रत्ननगरको ईकोपार्कमा उनिहरुको कार्यक्रम सम्पन्न भएको हो । हरिभक्त घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्ब नायब बडा गुरुज्यू नेपाल पञ्चाङ्ग निर्णयक समितिका पूर्ब अध्यक्ष माधब प्रसाद घिमिरे रहनु भएको थियो । उहाँले घिमिरे बन्धुहरुको एकता देशभर नै उच्च रहेको बताउनु भयो । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपाल रत्ननगर नगर समितिका उपाध्यक्ष बद्रिनाथ घिमिरेले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि केन्द्रिय घिमिरे बन्धु प्रतिष्ठानका सदस्य राम प्रसाद घिमिरे, अजय घिमिरे, समाजसेवी कमलीकान्त घिमिरे, रत्ननगर १३ का…
Read More
केही प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

केही प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं-   हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका  अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। तराईका केही स्थानमा हुस्सुरकुहिरो लाग्ने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका…
Read More
काठमाण्डौको सहयोग चितवनको आधारभूत विद्यालय न्यूरेनीमा

काठमाण्डौको सहयोग चितवनको आधारभूत विद्यालय न्यूरेनीमा

चितवन - साेसियल ईनाेभेसन क्लव प्राईम कलेज काठमाडाैले चितवन कालिका स्थित श्री आधारभूत विद्यालय न्यूरेनीमा सहयोग हस्तान्तरण गरेको छ । सो विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई साेसियल ईनाेभेसन क्लव प्राईम कलेज काठमाडाैले ट्रयाक सुट सहयोग गरेको हो । कार्यक्रमका विशिष्ठ अतिथि कलेजका कोर्निडिनेटर नीरज थापा मगर,  अतिथिहरु क्लबका प्रेसिडेन्ट विजिता पाेख्रेल  साथै क्लबका भाइस प्रेसिडेन्ट आभाष देवकाेटा तथा समाजसेवी कमल पुडासैनीको सहयोगमा सो सहयोग प्रदान गरिएको हो । विद्यालयले उनीहरूलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफ्नो छोरीको जन्मदिनको उपलक्ष्यमा मञ्जु पुडासैनी तथा कृष्ण देवकोटाले एकथान दराज प्रदान गरेका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकृष्ण…
Read More
७५ औ प्रजातन्त्र दिवसमा भरतपुर महानगरद्धारा सरसफाई कार्यक्रम सम्पन्न

७५ औ प्रजातन्त्र दिवसमा भरतपुर महानगरद्धारा सरसफाई कार्यक्रम सम्पन्न

चितवन भरतपुर महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले यहि फागुन ७ गते बुधवार भरतपुर १० स्थित विरेन्द्र बहुमुखी क्याम्पस नौ विगाह क्षेत्र ग्राउण्डमा विहान ७.३० बजेबाट सरसफाई शुरु गरी १० बजे समापन गरेको थियो । भरतपुर महानगरपालिका वडा नं.१० का श्रद्धिय वडा अध्यक्ष परमेश्वर खनालको अध्यक्षतामा  भरतपुर महानगरपालिका वातावरण महाशाखा प्रमुख विशुराम कुवँर प्रमुख आतिथ्यता, विरेन्द्र बहुमुखी क्याम्पस सह-प्राध्यापक डा. प्रेम सागर भण्डारी, वातावरण शाखा नगरप्रहरीको टोली सहित  वे ग्रुप नेपालको सक्रियतामा कार्यक्रम  सम्पन्न गरीएको थियो । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको…
Read More
तोलामा ११ सयले बढ्यो सुनको मूल्य

तोलामा ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार १०० रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो।   आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १ हजार ९८५ रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।
Read More
लोक संगीतलाई मौलिकता आवश्यक, गायिका सुनार

लोक संगीतलाई मौलिकता आवश्यक, गायिका सुनार

काठमाण्डौ । गीत संगीतको क्षेत्रमा करिब डेढ दशक लामो संघर्ष गरिसकेकी गायिका सुनिता सुनारको स्वरमा सजिएको गीत "बम्बैको सारी" सार्वजनिक भएको छ । गीतमा उनलाई गायक हरि गिरी बिमर्शीले साथ दिएका छन् । एक साता अघी गायिका सुनिता सुनारको आफ्नै यु-ट्युव च्यानल बाट सार्वजनिक उक्त गीतलाई १ लाख भन्दा बढी पटक हेरिएको छ । गीतमा हरि गिरी बिमर्शीको शव्द अनि संगीत रहेको छ भने भिडियोमा रामजी लामिछानेको निर्देशनमा संचिता बोलखे र प्रभात पाल ठकुरीले अभिनय गरेका छन् । विक्रम सम्बत २०५४ सालमा लमजुङमा जन्म लिएकी गायिका सुनिता सुनार २०६४ सालमा चितवन बसाईसराई गरेर आए संगै गीत संगीतमा वाल्य अवस्था देखि…
Read More
चितवन सेवा समाज नेपालद्धारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवन सेवा समाज नेपालद्धारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवन   चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले  बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समितिले यहि फागुन ३ गते शनिवार, भरतपुर १० चौविसकोठीमा विहान ९ बजेबाट कार्यक्रम शुरु गरि दिउँसो १२ बजे समापन गरेको थियो ।   हाल भइरहेको रगतको अभावका कारण मानवीय जीवन रक्षाको निमित्त चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले विभिन्न संघ-संस्था कलेज विभिन्न क्षेत्रसँग समन्वय गरी  रक्तदान कार्यक्रम राखिएको कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लाल बहादुर भट्टले  जानकारी दिनु भयो ।   भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको चितवन सेवा समाज नेपाल विभिन्न देशहरुसँग सम्बन्धित केन्द्रिय कार्यलय रहेको उक्त संस्थामा बैदेशिक रोजगारको…
Read More
आज केही प्रदेशमा हिमपातको सम्भावना

आज केही प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं- हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। केही भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ। बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश…
Read More
कोलारका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग

कोलारका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग

रत्ननगर-   चितवनको कालिका नगरपालिका वडा नं. ९ मा रहेको श्री महाँकाली आधारभूत बिद्यालय (कक्षा १ देखि कक्षा ५ सम्म) कोलारका १२० जना बिद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ ।   नेपाल हिल्से डिरेक्ट संस्थाले शुक्रवार बिद्यालयमा पुगेरै सहयोग गरेको हो । कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी, वडा नं. ९ का वडा अध्यक्ष निलकण्ठ मगर, नेपाल हिल्से डिरेक्टका कोडिनेटर श्रीलाल परियार, गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्य लगाएको टोलिले बिद्यार्थीहरूलाई ट्याकसुट, ब्याडमिन्टन, भलिबल, फुटबल, कपी, कलम लगाएत बिद्यालय पोशाक र शैक्षिक सामग्री बितरण गरेकाहुन् ।   नयाँ पोशाक, खेलकुद र शैक्षिक सामग्री पाएपछि बिद्यार्थी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.