आज मितिः २०८२ फाल्गुन ४ गते

मेरो डान्स यूनिभर्स सोमा चितवनका साजन पाख्रिन तामाङलाई भोटिङ गर्न अपिल

चितवन-

मेरो डान्स यूनिभर्स सिजन २ अन्तर्राष्ट्रिय नेपाली नृत्य रियालिटी सोमा चितवनका साजन पाख्रिन तामाङलाई भोटिङ गर्न देश तथा विदेशमा उनका समर्थकहरुले अपिल गरेका छन् ।

रत्ननगर नगरपालिका चितवनका साजन पाख्रीन तामाङको उत्कृष्ट नृत्यले निर्णयकहरु अचम्मित भएका छन् भने उनका परफर्मेन्स निकै चर्चित बनेका छन् ।

विशेष एपिसोडहरूमा हिस्सेदारी बनेका साजन असार १५ विशेष एपिसोडमा उनले वल्ड इज गोल्ड शैलीमा एक दमदार प्रस्तुति दिएका थिए, जसले दर्शकबाट अत्यधिक समर्थन पाएका थिए ।

इन्ट्रा नेशनल वलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरीकाद्वारा आयोजना गरिएको यो महङ्गो सो हो। यसले विश्वभरिका ५२ भन्दा बढी देशका नेपाली प्रतिभाहरुलाई एकै स्कृनमा ल्याउने उद्देश्य राखेको छ । ।

सोको ग्रान्ड ओपनिङ एपिसोड लगभग दुई महिनाअघि नेपाल टेलिभिजनमा प्रसारित भए भएको छ ।

हालसम्म २० एपिसोड प्रसारित भइसकेका छन्, जसमा विभिन्न स्पेशल राउण्डहरू समावेश छन् ।

नृत्यका लागि निर्णायक टोलीमा चर्चित कलाकारहरू दिलीप रायमाझी , शंकर बीसी,, रुपेश उप्रेती र पार्वती राई रहेका छन् ।

उनलाई नेपालमा भोटिङ गर्नका लागि एसएमएस बक्समा गई एमडियू टाईप गरि स्पेस दिएर ०७ टाईप गरि ३७००० मा पठाउन सकिने छ ।

विश्वबाट उनलाई भोट गर्न-

Intra Foundation App प्रयोग गरेर (डिजिटल भोटिङ)
My Intra App वा Intra Foundation App डाउनलोड गर्नुहोस् (iOS / Android)

एपमा साइनइन वा साइनअप गरेर लगिन गर्नुहोस्।

शोको सेक्शन (जस्तै “Mero Dance Universe”) मा जानुहोस् र डिजिटल अडिशन वा भोटिङ ओपनिंग हेर्नुहोस्।

साजन पाख्रीन तामाङ प्रतिस्पर्धी छान्नुहोस् र भोट (प्राय: निःशुल्क दैनिक १ वा सौभाग्यले) प्रयोग गर्नुहोस्।

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.