आज मितिः २०८२ असार २५ गते

एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग एपीएफ क्लब खेल्ने

काठमाण्डौ –

सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा साउदी अरेबियाको अल नासर, आयोजक उज्वेकिस्तानको पीएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एशियन स्कलर्स छन् ।

एशियन फुटबल कन्फेडरेसन ९एएफसी० ले समूह चरणको खेल अगस्ट २३ देखि ३१ सम्म सञ्चालन हुने जनाएको छ । मलेशियाको क्वालालम्पुरमा रहेको एएफसी मुख्यालयमा हिजो भएको ‘ड्र’मा समूह चरणका १९ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ । एपीएफ एन्फा महिला लिगको विजेतासमेत हो ।

एपीएफले प्रारम्भिक चरणका खेल खेलेको थियो । यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् । यी १९ टोलीलाई पाँच वटा समूहमा विभाजन गरिएको छ । चार समूहमा चार–चार वटा टोली हुनेछ । एक समूहमा भने ३ वटा टोली रहेका छन् ।

हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले एएफसी महिला क्लबमा पहिल्यै छनोट भइसकेका सात टोलीसहित १२ टोलीले फाइनल चरणमा खेल्नेछन् । अष्ट्रेलियाको मेलबर्न सिटी एफसी, कोरियाको सुवोन एफसी, जापानको टोक्यो वेर्डी बेलेजा, साविक विजेता चीनको वुहान जियाङडा एफसी, भियतनामको हो चि मिन सिटी एफसी र इरानको बाम खातुन एफसी फाइनल चरणका लागि छनोट भइसकेका छन् ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.