आज मितिः २०८३ बैशाख ११ गते

नक्कली सुन र डलरदेखि होसियार, ठगी आरोपमा दुई जना पक्राउ

चितवन-

चितवनमा नक्कली सुन देखाएर हिड्नेदेखि होसियार हुनु पर्ने भएको छ । नक्कली सुन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका १ बस्ने ५९ वर्षिय ढक्कल बहादुर थिङ र मकवानपुरको हेटौडा उपमहानगरपालिका १९ का ६१ वर्षिय राधाकृष्ण ढकाल रहेका छन । उनिहरुले सुन जस्तो पहेँलो धातु देखाएर ठगी गरेको र डलर साट्ने भन्दै मानिसलाई झुक्याउने गरेको प्रहरीले जनाएको छ ।

 

पिडितको उजुरीका आधारमा उनिहरुलाई सोमबार भरतपुर ३ शहिदचोकबाट नियन्त्रणमा लिइएको हो । उनिहरुको साथबाट प्रहरीले विभिन्न सामान र नगद समेत बरामद गरेको छ । उनिहरुलाई ठगी सम्बन्धि कसुरमा चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.