ईद अल-अदाहको अवसरमा यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी
काठमाडौं - ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् । हरेक बर्ष ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल(अदाहका अवसरमा यूएई सरकारले सजाय मिनाहा गरी आममाफी दिने गर्दछ। नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ गरेको जानकारी दिएको छ ।