बागमतीमा बानियाँको मन्त्रिपरिषद्मा एमालेको ६ मन्त्रालय
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्ति भएलगत्तै मन्त्रिपरिषद्मा को(को जाने भन्ने चर्चा सुरु भएको छ । सत्ता गठबन्धन एमाले र कांग्रेसले मन्त्रालयको संख्या भने भाग लगाइसकेका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाएका छन् । एमालेले आफ्ना ६ वटा मन्त्रालयमा पठाउने नाम अनौपचारिक रुपमा टुंगो लगाएको छ । एमालेले एक वर्ष पूरा भएका मन्त्रीहरुलाई बिदा गरेर नयाँ अनुसारलाई पठाउन लागेको छ । ६ जनामध्ये ५ जना नयाँ अनुहार भएको एमाले स्रोतले उल्लेख गरेको छ । एमालेले एक जना किरण थापालाई भने निरन्रता दिन लागेको छ । एमाले स्रोतले उल्लेख गरेअनुसार जयराम थापा, विन्दु श्रेष्ठ, भरत…